फोटोग्राफर संघको पुनर्मिलन कार्यक्रम पर्वतमा सम्पन्न - News site from Nepal
फोटोग्राफर संघको पुनर्मिलन कार्यक्रम पर्वतमा सम्पन्न

पर्वत–पर्वत फोटोग्राफर संघमा आबद्ध फोटो व्यवसायी र छिमेकी बागलुङ, कास्की जिल्लाका फोटो ग्राफर व्यवसायीहरु बीच शनिबार पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । फोटोग्राफर संघ पर्वत बागलुङको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
पर्वत फोटो ग्राफर संघको सातौँ बार्षिक साधारण सभा सहित उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले प्रमुख अतिथिको रुपमा बोल्दै फोटो ग्राफर व्यवसायीहरुले पर्वतको व्यवसायिक प्रबद्र्धनको क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय भएको बताएका थिए । उनले पर्वत जिल्लामा आयोजित ऐतिहासिक महोत्सवहरुमा फोटो ग्राफर संघ पर्वतले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै आगामी दिनमा थप सहयोगको अपेक्षा व्यक्त गरे । कार्यक्रममा शर्माले संघीय संरचना सँगै सदरमुकामको व्यवसाय खस्किँदै गएको तितो यथार्थ पस्किँदै फोटोग्राफर व्यवसायीहरु त्यो चिन्ताबाट मुक्त रहन सुझाव दिएका थिए । पर्वत जिल्लाको सदरमुकाम लगायतका जिल्लाका विभिन्न क्षेत्रहरु पछिल्लो समय पर्यटन हवको रुपमा विकास हुँदै गएको सन्दर्भमा फोटो व्यवसायीले त्यसतर्फ व्यवसायलाई जोड्न सकेमा व्यवसाय प्रबद्र्धन गर्न सहयोग पुग्ने बताएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश फोटो ग्राफर संघका अध्यक्ष दुर्गाप्रसाद शर्मा लगायत बागलुङ, कास्की जिल्लाका अध्यक्षहरुले आ आफनो धारणा राखेका थिए । फोटोग्राफर संघ पर्वतका अध्यक्ष नारायणबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव विजय रेग्मीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!