पर्वतको थापाठानामा संचालित घुम्ती शिविरबाट दुई सयलाई नागरिकता - News site from Nepal

पर्वत–जिल्ला प्रशासन कार्यालय पर्वतले संचालन गरेको घुम्ती शिविरबाट दुई सय नागरिकता वितरण गरेको छ ।
जिल्लाको फलेवास नगरपालिका वडा नं. २ थापाठानामा शुक्रवार संचालन गरिएको २ सय नागरिकता वितरण गरिएको हो । जसमा ८८ वटा प्रतिलिपि र १ सय १२ वटा नयाँ नागरिकता वितरण गरिएको थियो । त्यसैगरी शिविरमा १ सय ४४ फोटोसहितको मतदाता नामावली संकलन समेत गरिएको छ ।
शिविरमा सवैभन्दा बढि सत्तरी वर्षिया एक महिलालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । विभिन्न समस्याका कारण अहिलेसम्म नागरिकताको प्रमाणपत्र पाउन नसकेकी फलेवास नगरपालिका वडा नं. १ कार्किनेटाकी ७० वर्षिया यामकला पाध्यालाई प्रमुख जिल्ला अधिकारी ढकालले नागरिकता दिलाउन विशेष पहल गर्नुभएको हो ।
जीवनको उत्तरार्दमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि बृद्धा खुसी भएकी थिईन । उनले अब राज्यले दिने सामाजिक सुरक्षा भत्ता लगायतका सेवा सुविधा पाउने भएकी छिन् । विभिन्न समस्याले सदरमुकाम कुश्माबजारसम्म आएर नागरिकता लगायत प्रशासनिक कार्यहरु गर्न नसक्ने नागरिकलाई लक्षित गरी शिविरको आयोजना गरिएको हो । सो अवसरमा जनजाति प्रमाणित लगायत विभिन्न सिफारीहरु समेत गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय पर्वतले यस अघि जिल्लाका झण्डै एक दर्जन भन्दा बढि स्थानमा यस्ता शिविरहरु संचालन गरेको छ । स्थानीय तहको कार्यान्वयन नहुने बेला सम्म एकीकृत रुपमा शिविरहरु संचालन गर्दै आएको भएपनि पछिल्लो समयमा भने जिल्ला प्रशासन कार्यालयले मात्रै विभिन्न क्षेत्रमा शिविर गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!