अबको युग आर्थिक समृद्धि र विकासको – सुवेदी
पर्वत – नेपाल कम्युनिष्ट पार्टीका पुराना कार्यकर्ता गोपाल गिरी निधन भएको नवौ पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली तथा स्मृति सभा सम्पन्न भएको छ ।
सोमवार नेपाल कम्युनिष्ट पार्टि कुस्मा नगर कमिटीले गिरीकै निवासमा गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपाका नेता तथा प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले गिरीको निधनले कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति पुगेको बताउनुभयो स्वर्गिय गिरी कम्युनिष्ट आन्दोलनको धरोहरको रुपमा रहेको बताउँद्यै सुवेदीले पर्वतमा गिरीले देखाएको वाटो अविष्मरणिय र मननयोग्य भएको बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन र पार्टीलाई मुलुककै ठुलो शक्तिको रुपमा विकास गर्न उहाँहरु जस्तैको योगदानले सम्भव भएको बताउनुभयो ।
सुवेदीले मुलुककै ठूलो राजनीतिक दलको नेतृत्वमा रहेको वर्तमान सरकारले दिर्घकालीन र मुलुकको विकासका लागि दुरगामी प्रभाव पार्ने खालका योजनाहरु अघि सारेको बताउँदै आगामी पाँच वर्ष सवै तर्फवाट सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यो मुलुकको विकास केपी शर्मा ओली र कम्युनिष्ट नेतृत्वलेनै गर्ने बताउँदै अबको युग आर्थिक समृद्धि र विकासनै भएको बताउनुभयो । उहाँले जिल्लाको चौतर्फि विकासका लागि पनि नेकपाले रचनात्मक भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा जेष्ठ कम्युनिष्ट मञ्च पूर्व केन्द्रिय सदस्य तोयानाथ चालिसले समकालिन साथी गिरीको जीवन दर्शनको वारेमा वोल्दै २०२७ सालमा तत्कालिन पुष्पलाल समुहमा संगठित भएपश्चात पञ्चयाती व्यवस्थाको अन्त्य, लोकतन्त्र, गणतन्त्र स्थापनादेखी हालसम्म निरन्तर कम्युनिष्ट आन्दोलनमा लागि परेका होनहार कार्यकर्ताको निधनले सिङ्गो कम्यनिष्ट आन्दोलन लाई नै अपुरणिय क्षति भएको वताउनुभयो । कार्यक्रममा नेकपाका नेता उदय सुवेदी, जिल्ला संयन्त्र सदस्य गोविन्द पहाडि, नेकपा कुस्मा नगर संयन्त्र संयोजक शंकर गिरी लगायतले बोल्नुभएको थियो ।
सभामा कुश्मा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रुद्र गिरी, कुनपा ११ का अध्यक्ष शिव पौडेल, नेकपा नेता ढाकाराम गौतम, इन्द्र श्रेष्ठ, ज्ञानेन्द्र पाहडी, विक्रम ढुङ्गाना, मिनप्रसाद श्रेष्ठ, अधिवक्ता राम शर्मा, शेषराज रेग्मी, राम कंँडेल, इश्वर गिरी लगायतको उपस्थिति रहेको थियो ।
नेकपा कुश्मा नगर कमिटिका सदस्य शंकर गिरीको अध्यक्षतामा सम्पन्न भएको सभाको सञ्चालन नगर संयन्त्र सदस्य विष्णुप्रसाद नेवारले गर्नुभएको थियो ।