पर्वतका सफल युवा व्यवसायी अधिकारीको निधन - News site from Nepal
पर्वतका सफल युवा व्यवसायी अधिकारीको निधन

पर्वत । पर्वतको कुश्माका एक सफल युवा व्यवसायी चित्रबहादुर अधिकारी ‘गोपल’को उपचारको क्रममा निधन भएको छ । घाँटीमा समस्या आएपछि उहाँ उपचारमा जानुभएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार अधिकारीलाई घाँटीमा टिवीको गम्भिर संक्रमण थियो । 

अधिकारी विगत ४ महिनादेखि अस्पतालमा उपचारको क्रममा हुनुहुन्थ्यो । अस्पतालले उपचार संभव नभएको भनेर हिजो घर पठाएकोमा धादिङ आउँदा उहाँको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । पर्वत उद्योग बाणिज्य संघको निर्वाचित कार्यसमिति सदस्य समेत रहनुभएका ४२ वर्षिया अधिकारीको निधनले पर्वतका व्यवसायी शोकमग्न भएका छन् । 

कुश्मा नगरपालिका १ पाङ घर भई विगत २० वर्षदेखि अधिकारी डेरी सञ्चालन गर्दै आउनुभएका अधिकारीको हिजो दिउँसो १ बजेर ४० मिनेटमा निधन भएको उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो ।उहाँको आज अन्तिमह दाहसंस्कार गरिने पारिबारीक श्रोतले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!