काठमाडौं – बिहीबार पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा खुल्ने संभावना कम छ । पश्चिमी वायुको असरले पश्चिमको मौसम भने सामान्यतया बदली नै हुनेछ भने पश्चिमी पहाडी भूभागमा फाट्टफुट्ट पानी पर्ने मौसमविद्को अनुमान छ ।
हिमाली भेगमा हिमपातको संभावना छ । यस्तै, तराई क्षेत्रको मौसम खुले पनि पहाडी क्षेत्रको मौसम एकैछिन खुल्दै फेरि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।