‘मिस वर्ल्ड’ को फाइनल सुरु शृंखला खतिवडाको दमदार उपस्थिति (भिडियो लाइभ) - News site from Nepal

काठमाडौं : ‘मिस वर्ल्ड’को अन्तिम प्रतियोगिता सुरु भएको छ । पहिलो चरणमा प्रतियोगीबाट ३० मध्ये १२ प्रतियोगी अर्को चरणमा जान्छन्। दस्रो चरणमा १२ जनाबाट पाँच जना छानिन्छन्। र, यिनै पाँचमध्ये एक जना प्रतियोगी मिस वर्ल्ड बन्नेछन्।

चीनको सान्यामा भइरहेको ‘मिस वर्ल्ड’ प्रतियोगितामा शृंखला खतिवडाले दुई विधागत अवार्ड जितेकी छिन्। सोमबार साँझ भएको घोषणामा शृंखलाले  ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’ जितेकी हुन्। मिस वल्र्डको टप ३० मा पर्नका लागि महत्वपूर्ण मानिने फास्ट ट्रयाक इभेन्टअन्तर्गत उनले सातमध्ये दुई अवार्ड जितेकी हुन्। आइतबार घोषणा भएको ‘हेड टू हेड च्यालेन्ज’मा भने शृंखला दोस्रो चरणमा सिंगापुरे सुन्दरीबाट पराजित भएकी थिइन्।

मिस वर्ल्डमा धेरै नै महत्वका साथ हेरिने ब्युटी विद पर्पजमा शृंखलाले बनाएको भिडियो २५ प्रतिस्पर्धीलाई उछिन्दै पहिलो भएको हो।  विश्वभरका १ सय १८ देशका सुन्दरीले मिस वर्ल्डमा भिडियो लिएर गएका थिए। आयोजकले १ सय १८ मध्येबाट २५ भिडियो सर्टलिस्ट गरेका थिए।

यसरी छानिएका २५ मध्ये शृंखलाले बनाएको भिडियो उत्कृष्ट भएको हो। शृंखलाले मकवानपुरको चेपाङ बस्तीमा स्वास्थ्य चौकीको आवश्यकता र स्वास्थ्य चौकीले त्यो समुदायमा आएको परिवर्तनलाई भिडियोमा कैद गरेकी थिइन्। सिसन बानियाँले शृंखलालाई भिडियो निर्माणमा सघाएका थिए।

LIve NOw

सोमबार साँझ नै मल्टिमिडिया अवार्डको पनि घोषणा भएको थियो। नेपालकी शृंखलालाई यो विधामा भने सुरुदेखि नै दाबेदार मानिँदै आएको थियो।

सामाजिक सञ्जालमा उपस्थिति, फलोअरको इंगजमेन्ट, क्रिएटिभ कन्टेन्ट र प्रभाव आदिलाई ध्यानमा राखी दिइने अवार्डमा शृंखलाले बाँकी प्रतिस्पर्धीलाई निकै पछाडि छाडेकी थिइन्। शृंखलाले फेसबुक, इन्स्टाग्राम, मोबस्टार, ट्वीटर, मोडल पावरलाइभ आदि सबै माध्यममा दमदार उपस्थिति जनाएकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!