पर्वत–डुंगा चढ्न र हेर्न पोखराको फेवातालमा जानेहरुका लागि खुसीको खबर । अब पर्वतको पातीचौरमै डुंगा चढेर यात्रा गर्न पाईने भएको छ ।
पर्वतको मोदी गाउँपालिका स्थित पातीचौरमा आयोजना गरिएको बालाचतुर्दशी मेलाको अवसरमा मोदीखोलामा डुंगा चढ्ने व्यवस्था मिलाईएको हो । स्थानीय मोदी युवा क्लवले मेला अबलोकनका लागि आउने दर्शकहरुको आकर्षणका लागि जिल्लामै पहिलोपटक यस्तो सुविधा दिन थालिएको हो । निर्माणाधिन २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत आयोजनाको ड्याममा बन्ने ताललाई व्यववस्थित गरी डुंगा संचालन गर्ने तयारी भएको क्लवका अध्यक्ष समिर मल्लले जानकारी दिनुभयो ।
मेला अवलोकनका लागि आउने र खेलकुद सांस्कृतिक कार्यक्रममा आउने खेलाडी तथा दर्शकहरुका लागि नयाँ आकर्षणको रुपमा यो व्यवस्था गरेका हौ । डुंगा चढेर आनन्द लिनका लागि क्लवले सामान्य शुल्क लिने जनाएको छ । मोदीखोलामा ताल बनिसकेको र आजदेखिनै डुंगा चलाएर मेला अवधिभर दर्शकहरुका लागि शयर गर्ने सुविधा दिईने मल्लले जानकारी दिनुभयो ।
क्लवले बालाचतुर्दशीको अवसरमा बृहद खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । बालाचतुर्दशीको अवसरमा आज सरसफाई तथा मोटरसाईकल ¥याली आयोजना गरिएको छ भने भोलि पार्वती खोला र मोदीगंगाको संगम स्थलमा तोरण तार्ने, सद्बिज छर्ने, भजन किर्तन लगायतका धार्मिक कार्यक्रमको आयोजना गरिएको छ । लामो समयदेखि सामाजिक काममा सक्रिय रहँदै आएको क्लवले धर्मसंस्कृति, खेलकुद र स्थानीय धार्मिक एवम् पर्यटकीय क्षेत्रको उजागर गर्ने उद्धेश्यले बालाचतुर्दशी मेला आयोजना गरिएको हो ।
सो अवसरमा वडा स्तरिय भलिवल प्रतियोगिता, पुरुष छेलो प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता, महिला मेच घुमाउने प्रतियोगिता, पुरुष रसि तान्ने प्रतियोगिता संचालन गरिने भएको छ । पुरुष भलिवल प्रतियोगितामा प्रथम हुनेलाई रु ५५ हजार ५ सय ५५, द्धितियलाई रु ३३ हजार ३ सय ३३ र तृतिय हुनेलाई १५ हजार ५ सय ५५ रुपैया पुरस्कार, शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ । अन्य प्रतियोगितामा पनि उत्कृष्ट हुने समुहहरुलाई उचित पुरस्कारको व्यवस्था रहेको पार्वती युवा क्लवका अध्यक्ष समिर मल्लले जानकारी दिनुभयो । सो अवसरमा विभिन्न राष्ट्रिय तथा स्थानीय स्तरका कलाकाहरुद्धारा सांस्कृति प्रस्तुती समेत राखिने भएको छ । उक्त मेलाबाट भएको आम्दानीले निकट भविष्यमै एम्वुलेन्स खरिद गर्ने योजना रहेको मल्लले जानकारी दिनुभयो । मल्लका अनुसार एम्बुलेन्स सेवाको अभावमा मोदी गाउँपालिका बासिले सहयोग पाउन नसकेका बेला उक्त क्लवले एम्बुलेन्स खरिद गर्ने योजना सहित मेला आयोजना गरेको जानकारी दिनुभयो ।