१० अर्बको लगानीमा ४५ मेगावाटको कसुवाखोला जलविद्युत् आयोजना बन्ने - News site from Nepal

मंसिर १४, २०७५

काठमाडौँ– सङ्खुवासभाको मकालु गाउँपालिकामा ४५ मेगावाट क्षमताको कसुवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण र कसुवाखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक सिइडिबी हाइड्राे  फण्डको सहायक कम्पनी कसुवाखोला जलविद्युत् कम्पनीबीच आज विद्युत् खरीद सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कसुवाखोलाका प्रबन्धक सुस्मित शर्मा भट्टराईले हस्ताक्षर गरेका छन्। आयोजनाबाट उत्पादित विद्युत् वर्षाको समयमा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरीद गर्नेछ ।

आयोजनाको कूल लागत रु १० अर्ब रहनेछ । आयोजनालाई अर्धजलाशययुक्त बनाउने प्रवद्र्धकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!