पर्वतका उम्मेदवार विरुद्ध परेन कुनै उजुरी - News site from Nepal
पर्वतका उम्मेदवार विरुद्ध परेन कुनै उजुरी

पर्वत ८ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्वतमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवार विरुद्ध उजुरी परेको छैन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार मनोनयन दर्ता गराएका सबै उम्मेदवार योग्य भएपछि अब मनोनयन दर्ता फिर्तापछि मतपत्र छापिने भएको छ । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पर्वतमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवार विरुद्ध उजुरी दिने समय तालिका तोकिएको थियो ।

मुख्य निर्वाचन अधिकृत बासुदेव पौडेलका अनुसार उम्मेदवार विरुद्ध उजुरी नपरेपछि १३ राजनीतिक दलका १३ जना र उम्मेदवार चार तथा स्वतन्त्र उम्मेदवारको नामाबली प्रकाशन गरिएको छ । अब पर्वतमा मनोनयन पत्र दर्ता गरेका सवै उम्मेदवारबिच प्रस्तिपर्धा हुने भएको छ ।

पर्वतमा नेपाली काँग्रेसवाट अर्जुनप्रसाद जोशी, नेकपा एमालेवाट पदम गिरी, नेपाली कम्युनिष्ट पार्टीवाट मनहरी शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीवाट सागर भुसालले मनोनयन पत्र दर्ता गर्नुभएको थियो । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीवाट दुर्गा बहादुर मल्ल, नेपाल मजदुर किसान पार्टीवाट ऐलिना सुवाल, नेपाल कम्युनिष्ट पार्टी माओवादीवाट कृष्णबहादुर विक, आम जनता पार्टी (एकल चुनाव चिन्हवाट) पवित्रा मल्ल, राष्ट्रिय जनमोर्चावाट भिमलाल न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीवाट माया पाईजा पुन फकामी मगर, उज्यालो नेपाल पार्टीवाट यमबहादुर चोचांगी पुन, मंगोल नेशनल अर्गनाईजेशनवाट लालकुमारी थापा राना, नेशनल रिपब्लिक नेपालवाट बीरबहादुर गुरुङे मनोनयन पत्र दर्ता गर्नुभएको थियो ।

यसैगरी स्वतन्त्रवाट सिता देवी शर्मा, सावित्रि शर्मा, मिना पौडेल शर्मा र गंगालाल रिमालले मनोनयनपत्र दर्ता गरेका थिए ।

मुख्य निर्वाचन कार्यालयका अनुसार भोली उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ भने अन्तिम नामावली शुक्रबार प्रकाशित गरिने जिल्ला निर्वाचन अधिकारी बुद्धिराम उपाध्यायले जानकारी दिनुभयो । पर्वतमा आगामी निर्वाचनका लागि एक लाख २५ हजार चार सय ६६ मतदाता, ७६ मतदान स्थल र एक सय ५१ मतदान केन्द्र तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!