प्रमुख समाचार

बाढीपहिरो प्रभावित तथा विपन्न समुदायका बालबालिका र महिलालाई न्यानो कपडा, शैक्षिक सामग्री तथा स्वास्थ्य सामग्री वितरण

By लोकतन्त्र अनलाईन

November 19, 2026

पर्वत – पर्वत जिल्लाको जलजला गाउँपालिकामा बाढीपहिरो प्रभावित, दलित तथा अति विपन्न समुदायका बालबालिका र महिलाहरूलाई लक्षित गरी न्यानो कपडा, शैक्षिक सामग्री तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ। चिल्ड्रेन–नेपालले जलजला गाउँपालिकाको समन्वय तथा सहकार्यमा धवला आधारभूत विद्यालय र ग्राम प्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी तथा समुदायका महिलाहरूलाई उक्त सामग्री वितरण गरेको हो । कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा न्यानो कपडा र किशोरी तथा महिलाहरूलाई सेनेटरी प्याड वितरण गरिएको थियो। साथै, प्रजनन स्वास्थ्य, महिनावारी स्वच्छता व्यवस्थापन तथा पुनःप्रयोग गर्न मिल्ने सेनेटरी प्याडको प्रयोग र यसका फाइदासम्बन्धी अनुशिक्षण प्रदान गरिएको थियो। ग्राम प्रकाश माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा जलवायु परिवर्तन तथा वातावरण संरक्षणका विषयमा समेत सचेतनामूलक अनुशिक्षण सञ्चालन गरिएको थियो ।

धवला आधारभूत विद्यालयमा आयोजित कार्यक्रमको सञ्चालन लिला न्यौपाने गर्नुभएको थियो भने चिल्ड्रेन–नेपालका अध्यक्ष शान्त पौडेलले अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । महिला वडा सदस्य माया भुषाल र स्वास्थ्य चौकी प्रमुख सीता पौडेलको आतिथ्यता रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले स्वागत मन्तव्य राख्नुभएको थियो। संस्थाको परिचय तथा कार्यक्रमको उद्देश्यबारे कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले जानकारी गराउनुभएको थियो ।

 

त्यसैगरी, ग्राम प्रकाश माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमको अध्यक्षता चिल्ड्रेन–नेपालका अध्यक्ष शान्त पौडेलले गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक भवानीशंकर पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम तथा अनुशिक्षणका विषयवस्तुबारे कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्मा र लिला न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले विपद् प्रभावित तथा विपन्न समुदायका बालबालिकाको शिक्षा र महिलाहरूको स्वास्थ्य तथा स्वच्छतामा चिल्ड्रेन–नेपालले पु¥याएको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले स्थानीय समुदायको आवश्यकता पहिचान गरी सञ्चालन गरिने यस्ता सहयोगमूलक तथा सचेतनामूलक कार्यक्रमले समुदायको जीवनस्तर सुधार गर्न महत््वपूर्ण योगदान पु¥याउने बताउनुभयो । चिल्ड्रेन–नेपालका अध्यक्ष शान्त पौडेल तथा कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले बालअधिकार संरक्षण, गुणस्तरीय शिक्षामा पहुँच, स्वास्थ्य तथा स्वच्छता प्रवद्र्धन र समुदायको सशक्तीकरणका लागि स्थानीय तह तथा विद्यालयसँगको सहकार्यलाई संस्थाले प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।

यस कार्यक्रमले विपद् तथा आर्थिक कठिनाइका कारण प्रभावित बालबालिकाको शैक्षिक निरन्तरतामा सहयोग पु¥याउनुका साथै किशोरी तथा महिलाहरूमा प्रजनन स्वास्थ्य, महिनावारी स्वच्छता र वातावरणमैत्री अभ्याससम्बन्धी सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।