प्रमुख समाचार

राष्ट्रिय वाणिज्य बैंक फलेवासद्धारा विद्यार्थीहरुका लागि वित्तिय साक्षरता सम्बन्धि सचेतना प्रदान ।

By लोकतन्त्र अनलाईन

March 19, 2026

रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरपालिका ५, खानीगाउँमा रहेको राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालयद्धारा विद्यार्थिहरुका लागि वित्तिय साक्षरता सम्बन्धमा सचेतना कार्यक्रम प्रदान गरीएको छ । विश्वव्यापी साक्षरता कार्यक्रम “ग्लोवल मनी वीक” अन्र्तगत वाणिज्य बैङ्कको आयोजनामा बुधबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुको प्रत्यक्ष सहभागितामा बैङ्क परीसरमै सचेतना कार्यक्रम गरीएको हो । फलेवास मोडेल अङ्ग्रेजी आवासिय माध्यमिक विद्यालयका कक्षा आठमा अध्ययन गर्ने दश जना विद्यार्थीहरु उक्त कार्यक्रममा सहभागि भएको विद्यालयका प्रिन्सिपल नेत्र बरालले जानकारी दिनुभएको छ । कार्यक्रमको मुख्य प्रशिक्षकको रुपमा रहनुभएका बैङ्कका शाखा प्रवन्धक भिम प्रसाद भण्डारीले वर्तमान समयमा बैङ्कको महत्व र भूमिका विषयमा आधारीत भएर प्रशिक्षण गर्नुभएको थियो । प्रशिक्षणकै क्रममा प्रवन्धक भण्डारीले बैङ्क तथा बित्तिय संस्थाहरुको बारेमा जनाकारी, तिनिहरुको महत्व र प्रभाव, सञ्चालन प्रक्रिया, नेपालमा वित्तिय साक्षरताको अवस्था, चुनौती र अवसर, पैसाको सहि व्यवस्थापन तथा बचत गर्ने तरीका, आयमुलक क्षेत्रमा लगानी गरी जीवनशैलिमा सुधार गर्ने प्रक्रिया, वित्तिय जोखिम न्यनीकरण गर्ने उपाय, वित्तिय साक्षरता वृद्धि गर्न बैङ्किङ पहुँच बढाउने तरीका र डिजिटल साक्षरतामा जोड दिने उपाय, भौचर भर्ने, चेक काट्ने र अनलाईन प्रणालिबाट पैसा पेमेन्ट गर्ने सहि प्रक्रिया लगायतका कुराहरुको बारेमा जानकारी गराउनुभएको थियो । एक सातासम्म सञ्चालन हुने विश्वव्यापी साक्षरता कार्यक्रम “ग्लोवल मनी वीक” सुरु भएको समयमा गरीएको उक्त कार्यक्रममा “स्मार्ट मनी टक्स” को नारा दिइएको छ । जसअन्र्तगतको कार्यक्रममा वालबालिका तथा युवाहरुमा वित्तय साक्षरता अभिवृद्धि गर्दै वित्तिय ज्ञान, सिप र सकारात्मक कार्यको थालनिमा जोड गरीएको बताईएको छ । वित्तिय साक्षरताको यो कार्यक्रम प्रत्येक वर्ष चैत्र २ गतेदेखी एक सातासम्म मनाउने प्रवन्धक भण्डारीले जानकारी दिनुभयो । नेपाल धितोपत्र वोर्डले पनि यस कार्यक्रमलाई महत्व दिएको छ । वालबालिका तथा युवाहरुमा वित्तय साक्षरता प्रदान गर्ने उद्धेश्यका साथ २०१२ देखी यो कार्यक्रम मनाउन सुरु गरीएको हो । हालसम्म विश्वभरका १७६ भन्दा बढि देशका करिव ७ करोडभन्दा बढी बालवालिका तथा युवाहरुमाझ यो कार्यक्रम पुगिसको पनि भण्डारीले बताउनुभएको छ । उक्त कार्यक्रम अहिलेको समय परिवेशअनुसार अत्यन्तै फलदाई र आफूहरुको आवश्यकता बमोजिम रहेको भन्दै विद्यार्थीहरुले आयोजक सँस्था तथा प्रशिक्षकलाई धन्यवाद ज्ञापन गरेका थिए ।