कुश्मा- जिल्लाकै अग्रणी भूतपूर्व विद्यार्थी समाजकाे रुपमा परिचित पूर्णेश्वर भूतपुर्व विद्यार्थी समाजकाे आयाेजनामा २०८३ जेठ २४ गते देखि सञ्चालन भएको निशुल्क याेग शिविर अाज एक समाराेहबिच कुश्मा -१० का वडा अध्यक्ष रामचन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा समापन भएकाे छ । समाजकाे आठौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले विद्यार्थी समाज, विद्यालयकाे साथसाथै समाजसँग पनि भन्ने ध्येयले शिविरकाे आयाेजना गरिएकाे थियाे । १२ दिन सम्म सञ्चालित शिविरमा पूर्णेश्वर भूतपुर्व विद्यार्थी समाजका पुर्व सचिव , पतञ्जली याेग समिति पर्वतका कुशल याेग प्रशिक्षक आनन्द पाैडेल र रिता पाैडेलले प्रशिक्षण गर्नुभएकाे थियाे भने पूर्णेश्वर माध्यमिक विद्यालयकाे सेवाक्षेत्रभित्रका ८२ जना सहभागीहरुकाे दैनिक सहभागिता रहेकाे थियाे । समापन समाराेहमा सहभागीहरुकाे तर्फबाट भेटेरिनरी अस्पताल पर्वतका अधिकृत जगतबहादुर नेपाली र पूर्णेश्वर मा. वि का शिक्षक गङ्गाकुमारी शर्माले आफ्नो भनाइ राख्नुभएकाे थियाे ।समाराेहमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुकाे साथै प्रशिक्षकलाइ सम्मान तथा मायाकाे चिनाे प्रदान गरिएकाे थियाे। त्यसै गरी प्रशिक्षक आनन्द पाैडेल ,कुश्मा १० का नि वर्तमान वडाध्यक्ष सुजन बि.कले आफ्नो भनाइ राख्नु भएको थियो भने वडाध्यक्ष सुवेदीले समाजले रचनात्मक कार्य गरेकाेमा समाजकाे प्रशंसा गर्नुकाे साथै सहकार्यको लागि वडा सदैव तयार रहेकाे प्रतिबद्धता व्यक्त गर्नुभयाे ।कुश्मा १० का वडा सदस्य फणिन्द्र पाैडेल , डम्बरु शर्मा लामिछाने , बिन्दु थकाली , विद्यालयका प्र. अ नारायणप्रसाद अर्याल, कुश्मा १० का वडा सचिव नारायण लामिछाने लगायतकाे उपस्थिति रहेकाे थियाे । पूर्णेश्वर भूतपुर्व विद्यार्थी समाजका अध्यक्ष सन्ताेष पाैडेलकाे अध्यक्षता ,समाजका कोषाध्यक्ष अम्बिका पौडेलको स्वागत र समाजका सचिव दामाेदर पाैडेलको सञ्चालनमा भएको थियाे । समाजले सुरु गरेको यस अभियानलाई निरन्तरता दिनको लागि पार्वती उपाध्यायको सम्योजकत्वमा ११ सदस्यीय पूर्णेश्वर पतञ्जली योग समिति समेत गठन गरिएको छ। यस अभियानलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा समाज हार्दिक आभार तथा धन्यवाद प्रकट गरिएकाे छ ।