पर्वत ३२ असार : पर्वतका सवैजसो स्थानीय तहमा आर्थिक वर्ष २०८२/८३ को राजस्व सम्बन्धी हिसाब मिलान गर्नका लागि राजस्व संकलन सेवा बन्द गरेका छन् ।
गएरातीदेखि अर्को सूचना जारी नगर्ने बेला सम्मका लागि जिल्लाका सवै पालिकाले यो सेवा बन्द गरेका हुन् । आर्थिक वर्षको अन्त्यमा राजस्वसम्बन्धी हिसाब मिलान गर्नुपर्ने भएकाले गाउँ तथा नगरपालिका कार्यालय तथा मातहतका सबै वडा कार्यालयबाट प्रदान गरिने राजस्व संकलनसम्बन्धी सम्पूर्ण सेवा तथा कारोबार बन्द गरिएको जानारी गराएका हुन् ।
जिल्लाको मोदी, विहादी, महाशिला, पैंयू र जलजला लगायतका पालिकाले सुचनानै जारी गरी सेवा बन्द गरिएको जनाएका हुन् । प्रत्येक पालिकाले छुट्टाछुट्टै सूचना जारी गरी राजस्व बुझाउन बाँकी रहेका सम्पूर्ण करदाता तथा सरोकारवालालाई तोकिएको समयअघि नै नगर तथा गाउँपालिका कार्यालय वा सम्बन्धित वडा कार्यालयमा पुगेर राजस्व बुझाउन अनुरोध समेत गरेका छन् ।
आगामी साउन १ गतेदेखि गाउँपालिका तथा मातहतका सबै वडा कार्यालयबाट राजस्व संकलनसम्बन्धी सम्पूर्ण सेवा पुनः नियमित रूपमा सञ्चालन हुने उनिहरुले जनाएका छन् ।
आर्थिक वर्षको अन्त्यमा हिसाब मिलान प्रक्रियाका कारण सेवा अवरुद्ध हुँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति पालिकाहरुले क्षमायाचना समेत गरेका छन् । पालिकाहरुमा घर बहाल कर, भूमि तथा घर, नक्सा, पञ्जिकरण, व्यावसाय दर्ता तथा नविकरण, दहत्तर बहत्तर लगायतको राजश्यक संकलन गर्दै आएका छन् । –––