फलेवास, पर्वत – बालबालिकाको स्वास्थ्य, रोगप्रतिरोधात्मक क्षमता तथा शारीरिक–मानसिक विकासमा सहयोग पु¥याउने उद्देश्यले प्रदेश आयुर्वेद चिकित्सालय, फलेवास, पर्वतले स्वर्णविन्दु प्राशन कार्यक्रम सञ्चालन गर्ने भएको छ। चिकित्सालयका अनुसार कार्यक्रम २०८३ साल भदौ २३ गते मंगलबार प्रदेश आयुर्वेद चिकित्सालय, फलेवास, पर्वतमा सञ्चालन हुनेछ। कार्यक्रममा बालबालिकालाई स्वर्णविन्दु प्राशन गराउने व्यवस्था गरिएको जनाइएको छ। स्वर्णविन्दु प्राशनमा आफ्ना बालबालिकालाई सहभागी गराउन इच्छुक अभिभावकले चिकित्सालयले सार्वजनिक गरेको QR Code Scan गरी नाम दर्ता गर्न सक्नेछन्। कार्यक्रमका लागि नाम दर्ता गर्न आजै QR Code Scan गर्न चिकित्सालयले अभिभावकलाई आग्रह गरेको छ। आयुर्वेदिक पद्धतिमा बालबालिकाको स्वास्थ्य प्रवर्द्धन तथा रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि स्वर्णविन्दु प्राशनलाई प्रयोग गरिँदै आएको छ। कार्यक्रममार्फत बालबालिकाको स्वास्थ्यप्रति अभिभावकमा थप सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। प्रदेश आयुर्वेद चिकित्सालय, फलेवासले कार्यक्रमलाई व्यवस्थित बनाउन इच्छुक अभिभावकलाई समयमै नाम दर्ता गरी आफ्ना बालबालिकालाई सहभागी गराउन अनुरोध गरेको छ।