पर्वत – पर्वतमा भएको जिल्ला स्तरीय सिर्जनात्मक लेखन प्रतियोगितामा बहाकी मा.वि. विहादी गाउँपालिकाकी छात्रा निश्मा भट्टराईले प्रथम स्थान हासिल गर्न सफल भएकी छन् भने चित्रकला प्रतियोगितामा न्यू होराइजन आवासीय मा.वि. जलजला गाउँपालिकाकी छात्रा श्रेया रेग्मी प्रथम हुन सफल भएका छन् । दुवै छात्राले पर्वत जिल्लाको प्रतिनिधित्व गरेर गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुनेछन् । गोला प्रथाद्धारा सिर्जनशिल विद्यार्थी, शिक्षक र गुणस्तरीय शिर्षकमा सिर्जनात्मक लेखन प्रतियोगिता भएको थियो भने चित्रकला तर्फ मेरो कल्पनाको सुनदर गाउँमा विद्यार्थीहरुले चित्र बनाएका थिए । कार्यक्रममा सिर्जनात्मक लेखन प्रतियोगिता अन्तर्गत जनकल्याण मावि जलजला गाउँपालिकाका समिर रेग्मीले द्धितीय स्थान, नवजागृती मा.वि. मोदी गाउँपालिकाकी आषुष्मा लामिछानेले तृतीय स्थान तथा शिवालय मा.वि. कुश्मा नगरपालिकाका प्रतिक चपाईले सान्तवना स्थान हासिल गर्न सफल भएका छन् । त्यस्तै चित्रकला प्रतियोगिता अन्तर्गत शालिग्राम मा.वि. विहादी गाउँपालिकाकी छात्रा आयुषा पौडेलले द्धितीय स्थान, महेन्द्र ज्योती मा.वि. महाशिला गाउँपालिकाका युवराज गैर्हेले तृतीय स्थान तथा सरस्वती मावि मोदी गापाका रोबिन पौडेलले सान्तवना स्थान हासिल गर्न सफल भएका छन् । कार्यक्रममा दुवै प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्तवना स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई क्रमशं रु ४ हजार , ३ हजार, २ हजार, १ हजार र प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो । एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले बालबालिकाको सर्वाङ्गीण विकास, प्रतिभा पहिचान, सिर्जनशील सोचको प्रवर्द्धन र व्यक्तित्व विकासमा यस कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो । शिवालय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भविन्द्र गिरीले बालमैत्री वातावरण निर्माण, बाल सहभागिता अभिवृद्धि तथा सक्षम, आत्मविश्वासी र सिर्जनशील पुस्ता निर्माणमा महत्वपूर्ण योगदान पुग्ने वताउनु भयो । कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक गौरव राना मगरले यस किसिमका कार्यक्रमले बालबालिकाको आवा, विचार, कल्पना र सिर्जनालाई उचित स्थान प्रदान गर्दै उनीहरूमा अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउन सहयोग पुग्ने बताउनु भयो । निर्णायक मण्डकका संयोजक एवम् शिक्षक कृष्णप्रसाद पौडेलले सिर्जनात्मक लेखन प्रतियोगिताले विद्यार्थीभित्र लुकेर रहेका मौलिक विचार, कल्पनाशक्तिलाई प्रस्फुटन गराउँदै उनीहरूलाई आफ्ना भावना र विचारलाई शब्दमार्फत सशक्त रूपमा अभिव्यक्त गर्न प्रेरित गर्ने वताउनु भयो । कार्यक्रममा सिर्जनात्मक लेखन तर्फ शिक्षक कृष्ण प्रसाद पौडेल र भिमनाथ रेग्मी तथा चित्रकला तर्फ शाखा अधिकृत गौरव राना मगर र चित्रकार सुरोज बोहोरा ले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो ।