पर्वत- यतिवेला पर्वत सदरमुकाम कुश्माबजारमा आठौँ पर्वत महोत्सव जारी छ । विगतका वर्षहरुमा महोत्सवमा खाली बाह्य जिल्ला र विदेशवाट आएका सामाग्रीहरु विक्रि भएको र जसले गर्दा स्थानीय उद्यमी व्यावसायीहरु समस्यामा पर्ने गरेको गुनासो सुनिन्थ्यो । तर यस पटक भने महोत्सव भित्र अबलोकन गर्दा फरक माहौल देखिन्छ । महोत्सवमा राखिएका एक सय ५० भन्दा बढि स्टल मध्ये अधिकांस स्टलहरु स्थानीय उत्पादनले भरिएका छन् । स्थानीय उत्पादन नभएका स्टलमा पनि स्थानीय व्यावसायीले नै विभिन्न किसीमको व्यावसाय गरिरहेका छन् ।
पर्वत जिल्लाको उद्योग तथा पर्यटनको प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित महोत्सवको आयोजक रहेको पर्वत उद्योग बाणिज्य संघले स्थानीय उद्यमी तथा व्यावसायीलाई विशेष छुटमा स्टल उपलव्ध गराएको छ । अहिले पर्वतमा उत्पादित लप्सीका परिकार, सुन्तला, अदुवा, बेसार, जेठोबुढो चामल निवुवा, मौरीको मह, दुधका विभिन्न परिकारहरु, गुन्द्रुक, सिस्नोको धुलो, स्थानीय गेडागुडीहरु, मस्यौरा, लगायत अल्लो र ढाकाबाट बुनेका सामाग्री, मौसमी तथा बमौसमी तरकारीहरु महोत्सवमा बिक्रि भैरहेका छन् । यो समाचार बुधवारको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।
महोत्सवको एक सय १७ नम्वर स्टलमा छ बच्छेश्वर कृषि तथा पशुपंक्षी फार्मको स्टल । जहाँ बिहादी गाउँपालिका वडा नं. १ बाच्छामा उत्पादित सुन्तला विक्रिका लागि राखिएको छ । झण्डै एक सय रोपनी क्षेत्रफलमा तीन हजार दुई सय बोट सुन्तालाको खेती गरिरहनुभएका गणेशबहादुर गुरुङले आफ्नै बारीमा फलेका सुन्तला महोत्सवमा ल्याएर आफ्नै हातले बिक्रि गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले महोत्सव आयोजकले विशेष छुटमा स्टल उपलव्ध गराएको र दैनिक दुईदेखि तीन क्वीन्टलसम्म विक्रि भैरहेको जानकारी दिनुभयो । उहाँले रु. एक सय ५० रुपैया प्रतिकिलोको दरमा सुन्तला विक्रि गर्नुभएको छ । सुन्तलासँगै चुक अमिलो, बेसार, निबुवा, लगायतका सामाग्री राख्नुभएको छ ।
गुरुङको आडैमा अर्को पसल छ फलेवास नरपालिका वडा नं. १ का बेदांगभक्त पाध्याको । उहाँले आफ्नै लक्ष्मी पशु फर्ममा उत्पादित कुराउनी, पनिर लगायतका परिवार विक्रि गर्नुभएको छ । गाउँमा बजारको समस्या भएको बेला महोत्सवले सशुल्क स्टल दिएर बिक्रि गर्न पाउँदा थप हौसला मिलेको उहाँको भनाई रहेको छ ।
यसैगरी मोदी गाउँपालिकाको मोदीखोला बहुउद्धेश्यीय सहकारी संस्थाले दुग्धजन्य परिकार महोत्सवमै बनाएर विक्रि गरिरहेको छ । यहाँ प्रतिकिलो रु. एक हजारको दरमा कुराउनी धमाधम विक्रि भैरहेको स्टल संचालक बेदप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले महोत्सवले स्थानीय उद्यमीहरुको प्रवद्र्धनमा टेवा पुगेको प्रतिकृया दिनुभएको छ । यो समाचार बुधवारको धौलागिरि सञ्चार साप्ताहिकमा प्रकाशित छ ।
यस्तै महोत्सवमा मौरीको मह विक्रि गर्न स्टल राख्नुभएकी फलेवास नगरपालिका वडा नं. १० कुर्घाकी सुनिता शर्माले सोचेभन्दा पनि राम्रो ब्यापार भएको बताउनुभयो । उहाँले मह, सुन्तला, लप्सी, लगायत अन्य फलफुलहरु विक्रिका लागि राखेको बताउनुभयो । यस्तै मोदी कोशेली तथा सौगात घरको स्टल संचालन गर्नुभएकी लक्ष्मी विकले आफ्नै गाउँठाउँमा उत्पादन भएका सामाग्री विक्रि गर्न पाउँदा खुसी लागेको बताउनुभयो । यसले विक्रि गरेर आम्दानी मात्र नभई अल्लो र ढाकाका कपडाहरुको प्रचारप्रसार र प्रवद्र्धनमा समेत टेवा पुगेको उहाँको प्रतिकृया छ ।
पर्वतको बाँसखर्क, शालिजा, बनौ, दुर्लुङ्ग, पाङराङ, कुर्घा, बाच्छा लगायतका ठाउँमा यतिवेला सुन्तला पहेँलपुर बनिरहेका छन् । व्यावसायिहरु बगैचामा आईनसकेको अवस्थामा महोत्सवमा विक्रि गरेर पर्याप्त आम्दानी भैरहेको व्यावसायीहरुले बताएका छन् ।
पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेलले स्थानीय उद्यमी व्यावसायीकै प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणका लागि लक्षित गरेर महोत्सव आयोजना गरिएकोले अधिकांस स्टलमा स्थानीय उत्पादननै राखिएको बताउनुभयो । उहाँले उद्यमीहरुको अवस्था हेरेर ५० प्रतिशत देखि सत् प्रतिशतल सम्म छुट दिएर स्थानीय उत्पादन राखिएको हो । पौडेलले, बाह्य ब्यावसायी भन्दा स्थानीय व्यावसायीलाईनै प्राथमिकता दिएको उहाँको भनाई छ । पुस ९ गतेदेखि १९ गतेसम्म संचालन हुने महोत्सवमा राष्ट्रिय स्तरको खुल्ला लोक दोहोरी प्रतियोगिता, गण्डकी प्रदेश अन्तर्गत अन्तर पालिका भलिबल प्रतियोगिता, टिकटक च्यालेन्ज प्रतियोगिता, भजन चुड्का र रत्यौली प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिताका साथै सुन्तला खाने प्रतियोगिता रहेको छ । यसका साथै दैनिकजो राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, रमाईलो मेला र अन्य मनोरञ्जनात्मक कार्यक्रम समेत राखिएको छ । महोत्सवमा झण्डै रु. दुई करोडको कारोबार गर्ने र दुई लाख दर्शक भित्र्याउने आयोजकको अपेक्षा रहेको छ ।