रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा रहेको मोती सामुदायिक महिल वचत तथा ऋण सहकारी संस्थाको बाह्रौ वार्षिक साधरण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ । मंगलबार मोति सामुदायिक पुस्तकालयको सभाहलमा एक समारोहका साथ कार्यक्रम सम्पन्न भएको हो ।
साधरण सभामा लेखा समिति संयोजक दिना शर्माले आर्थिक तथा लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सहसचिव सावित्रा क्षेत्रीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नभएको थियो । २ सय ७ जना सेयर सदस्य रहेको महिला शहकारीमा २३ लाख ४९ हजार सेयर पूँजीे र ३५ लाख ६६ हजार २ सय ७२ रुपैँया ५० पैसा कुल बजेट रहेको बताईएको छ । फलेवासको खानिगाउँमा मुख्य कार्यालय रहेको शहकारीमा खानिगाउँ, देविस्थान, मुडिकुवा र कुर्घाका महिला दिदिबहिनिहरु सेयर सदस्य रहेको शहकारीकी सचिव शुसिला देवी शर्माले जानकारी दिनुभयो । हालसम्म नगरपालिकाका चार वटा वडाहरुलाई कार्यक्षेत्र बनाई सञ्चालनमा ल्याइएको शहकारीलाई थप विस्तार गरी नगरपालिकाका ११ वटै वडा समेटिने गरी अवका दिनहरुमा आफुहरुले काम गर्ने सोच बनाएको शर्माको भनाई रहेको थियो । शहकारीले गाउँसमुदायमा व्यापार व्यवसाय गर्ने, कृषि तथा पशुपालन गर्ने र बैदेशिक रोजगारीमा जानेहरुका लागि पनि ऋण उपलब्ध गराउने गरेको बताइएको छ । साधरण सभाको अवसर पारी उत्कृष्ट ऋणि पदमा कुमारी लामिछानेलाई दोसल्ला ओढाएर सम्मान गरीएको थियो । मंगलबारनै सम्पन्न भएको सातौँ अधिवेशनले कमला कुमारी पौडेलको अध्यक्षतामा १३ सदस्यिय सञ्चालन समिति गठन गरेको छ । जसको उपाध्यक्षमा रमा कुमारी पौडेल, सचिवमा सावित्रा क्षेत्री, कोषध्यक्षमा सावित्रा देवी शर्मा र सदस्यहरुमा श्यामला शापकोटा, शुसिला जि.सि., सिता देवी दर्जी, लक्ष्मी अधिकारी, जमुना देवी पौडेल, धना कुमारी जि.सि. दुर्गा पौडेल पोख्रेल संगै उषा वि.क. रहनुभएको छ भने सावित्रा क्षेत्रीको संयोजकत्वमा सदस्यहरु प्रेम कुमारी तिवारी, केशव कुमारी सुवेदी, सुमित्रा तिवारी चित्रा कुमारी बि.क. र देवि तिवारी रहने गरी ऋण समिति गठन गरेको छ । त्यसैगरी दुर्गा पौडेलको पोख्रेलको संयोजकत्वमा सदस्य लिला कुमारी पौडेल र शारदा देवी शर्मा रहनेगरी लेखा समिति गठन गरीनुका साथै शुसिला देवी शर्माको संयोजकत्वमा दिपा कुमारी शर्मा र रिता देवी शर्मा शापकोटा सदस्य रहने गरी शिक्षा समिति गठन गरीएको छ । कार्यक्रममा शहकारीका सदस्य, स्थानिय वुद्धिजिवी, पुस्तकालयका कर्मचारी तथा व्यवस्थापन समितिका पदाधिकारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै ५ नम्बर वडा खानिगाउँका वडाध्यक्ष नारायणप्रसाद लामिछानेले सहकारी भनेको सवैसंग सहकार्य गर्दै अगाडि बढ्ने संस्था रहेकाले यसलाई थप व्यवस्थित र प्रभावकारी तवरले सञ्चालन गर्न आग्रह गर्नुभएको थियो । ग्रामिण क्षेत्रमा सञ्चालन भएका सहकारीहरुले कृषक तथा दुःखीहरुको अर्थीक सहायतामा ठुलो टेवा पु¥याउन सक्नेमा जोड दिँदै लामिछानेले गाउँघरमा सहकारीको महत्व र प्रभावकारीता बढ्ने गरी शहकारी चलाउनु आजको आवश्यकता रहेको ठहर गर्नुभयो ।
कार्यक्रममा पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज पौड्याल, बरीष्ठ लाईब्रेरयिन ईन्द्र प्रसाद शापकोटा, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा शहकारीमा आवद्ध दिदिबहिनिहरुले शहकारीले आफ्नो दैनिकि तथा जनजिवनमा पु¥याएको सहजता तथा फाईदाका बारेमा आधारति भएर रचना गरीएका गितहरु प्रस्तुत गरी अतिथि लगायत सहभागिहरुलाई स्वागत गर्नुभएको थियो । शहकारीका अध्यक्ष कमला कुमारी पौड्यालको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा उपाध्यक्ष रमा कुमारी पौड्याले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सविच शुसिला देवी शर्माले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।