प्रमुख समाचार

खबरदार

By लोकतन्त्र अनलाईन

August 29, 2025

खवरदार ! मेरी आमाको अस्मिता माथी धावा बोल्नेहरू, मेरी आमाका अंगहरू छुदै नाका खोल्नेहरू

हे देशभक्त विरहरु हो, आमाको चीत्कार सुनेनौ,

दासहरू नेपाली आमालाई छुने आंट गर्दैछन्, विना अनुमति मेरो सिमा मिच्ने छांट गर्दैछन्,

भूगोल ले सानै छौ आफ्नै, पाखुरीको, पौरखले खांदैछौं आफ्नै संसारमा बांच्छौं, आफ्नै खुशीमा नाच्छौं,

तिमीहरू त ब्रिटेनको तवला र जापानीको बांसुरीमा कथ्थक नृत्य गर्दागर्दै थाकेका,२ वर्षौं परचक्रीको गुलामीमा केश सेतै फुलेका मान्छेहरू तिमी उनीहरूका सुसारे र भान्सेहरू, सुन ! एकथोपा रगत र एक झोक्का स्वास रहुन्जेल लड्ने छौं, लड्दा लड्दै जमिनमा सढ्ने छौं, तर- मेरो रक्तरंजीत झण्डामा आंच नआओस्, हाम्रो लिम्पिया,कालापानी र लिपुलेकमा वैरीले आंखा नलाओस्, वीर वीरंगनाहरुले आर्जेको मेरो किल्ला, कस्लाई? कसरी?छोडिदिन मिल्ला वल भएका बाजेले बचाएको संबिधानमा उल्लेख गर्दै केपी बा र देशभक्त पार्टीहरूले सच्याएको,

तिमी बल गर्छौ ,छल गर्छौ तापनी- किल्लाहरू बदलिंदैनन् तिम्रा दाशताका बिल्ला बदलिएझैं बलमिच्याइं विस्तारवादको पाटो हो वार्ता र सुलह समाधानको वाटो हो आउनुस देशभक्तहरू, मुटूमा लागे मरिएला खुट्टा भांचिए बैशाखी टेकेरै उठिएला, तर, लत्रिनु हुंदैन, अहं पटक्कै हुँदैन! आमालाई छुनदिन हुदैन आमालाई रूनदिन हुंदैन आमालाई रूनदिन हुंदैन /

२०८२ साल भाद्र ११ गते – स्वस्थानी रिजाल