प्रमुख समाचार

गणतन्त्र दिवस : एमाले कुश्माद्धारा दृष्टिबिहीन विद्यार्थीलाई सहयोग प्रदान

By लोकतन्त्र अनलाईन

May 29, 2025

पर्वत– १८ औँ गणतन्त्र दिवसको अवसरमा नेकपा एमाले कुश्मा नगर कमिटिले कुश्माको शिवालय माविमा अध्ययनरत दृष्टिबिहीन बालबालिकालाई सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत दश जना दृष्टिबिहीन बालबालिकालाई शैक्षिक सामाग्री र झुल सहयोग गरिएको हो । कार्यक्रममा नेकपा एमाले पर्वतका संस्थापक तथा जेष्ठ कम्युनिष्ट मञ्चका सल्लाहाकार तोयानाथ चालिसेले विद्यार्थीहरुलाई सामाग्री हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चालिसेले गणतन्त्रलाई संस्थागत गर्नका लागि सम्पुर्ण राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । जसरी संविधान निर्माण र गणतन्त्र स्थापनामा सवै दल एकजुट भएका थिए यसको संस्थागत र विकासका लागि पनि एकजुट हुनुपर्ने उहाँको भनाई छ । गणतन्त्र दिवसमा एमालेले कुश्मा नगरले गरेको उक्त सामाजिक कार्यको चालिसेले प्रसंसा गर्नुभएको छ ।

नेकपा एमाले कुश्मा नगर कमिटिका अध्यक्ष किशोर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गणेश पौडेल र संचालन सचिब जीतबहादुर विश्वकर्माले गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहाकार परिषद सदस्य मेघनाथ सुवेदी, प्रदेश कमिटि सदस्य शान्त पौडेल, जुनादेवी नेपाली नेकपा जिल्ला कमिटि सचिब सुवास पौडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याले दृष्टिबिहीनका लागि पाँच हजार रुपैया सहयोग गर्नुभएको थियो ।