प्रमुख समाचार

पाँच स दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न, अयक्षमा अर्याल

By लोकतन्त्र अनलाईन

January 27, 2025

कमला केसी/दक्षिण कोरिया सनातन साहित्य संगीत साधना समूह पाँच स दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले स्याम अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । नवनिर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा महेन्द्र सापकोटा, उपााध्यक्षमा अर्जुन थापा, बाबू भुवन, शोभा अर्याल, महिला उपाध्यक्षमा जयन्ती शर्मा रहनुभएको छ । यसैगरी महासचिवमा मनोज भुसाल, सचिवमा रुपक केसि, दुर्गा कुवँर ऋषि, गुल्सन शाह, उद्धव नेपाल रहनुभएको छ । संस्थाको कोषाध्यक्षमा दामोदर भुसाल, सह–कोषाध्यक्षमा जीवन भट्टराई, युवा संयोजकमा कृष्णप्रसाद न्यौपाने, संचार बिभाग प्रमुखमा निरज न्यौपाने रहनुभएको छ । सक्रिय सदस्यहरुमा योगेन्द्र दाहाल, कुल बिक्रम शाह,चेतन ढुंगाना, महेन्द्र पौडेल, गोबिन्द अधिकारी, सागर थापा, वेद प्रसाद काफ्ले, दिनेश पाण्डे, मिलन सापकोटा, गुरुदत्त डुम्रे, सुन्दर पौडेल, कमल न्यौपाने, प्रकाश अधिकारी, सिर्जना कार्की, अर्जुन अर्याल रहनुभएको छ । संस्थाको संरक्षकमा नरेश मेहता र विष्णु थापा हुनुहुन्छ । कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको संयोजक कमल भण्डारी आर्यले जानकारी दिनुभयो ।