पर्वत– पर्वत सदरमुकाम कुश्मामा रहेको शिवालय माध्यमिक विद्यालयको ४४ औ बार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य भक्त बहादुर कुँवरले सामुदायिक विद्यालयको गुणस्तर सुधारका जोड दिनुपर्ने बताउनुभयो । सामुदायिक विद्यालयहरु गुणस्तरीय शिक्षाको अभावमा खाली हुँदैै गईरहेको बताउँदै शिक्षक, अभिभावक र विद्यार्थीबीचको त्रिकोणात्मक सम्वन्धवाट सुधार गर्न सकिने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयहरुलाई अझै सरकारले आवश्यक सेवा सुविधा बढाउँदै लैजानुपर्ने उहाँको भनाई छ । कार्यक्रममा कुश्मा नगरपालिका वडा नं ६ का वडाध्यक्ष ईश्वर गिरी, शिक्षा विकास तथा समन्वय ईकाइका इकाई प्रमुख मतिलाल चपाई, नगर शिक्षा अधिकृत दिपक सुवेदी , कुश्मा बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष गोविन्द पहाडी, कुश्मा नगरपालिका वडा नं ९ का वडाध्यक्ष राम शर्मा लामिछाने ,उद्योग बाणिज्य संघ, पर्वतका अध्यक्ष ठाकुर वि पौडेल , सल्लाहाका तथा पुर्व शिक्षक हरिओम शर्मा लामिछाने , सल्लाहकार तथा पुर्व विद्यार्थी शंकर गिरी, चन्दादाता मानकुमारी गिरी, अक्षयकोष दाता सरस्वती भण्डारी, शिवालय शैक्षिक समाजका अध्यक्ष दिपेन्द्र बहादुर भण्डारी, विद्यार्थीहरु शिवानी शर्मा र प्रतीक चापागाईं लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । विद्यालयका प्रद्यानाध्यापक गोविन्द प्रसाद पोखरेलले प्रगति प्रतिवेदन र लेखा कर्मचारी पुर्णवहादुर कुँवरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भविन्द्र गिरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णप्रसाद पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति सदस्य यज्ञप्रसाद शर्माले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक आनन्द पौडेलले गर्नुभएको थियो ।
सो अवसरमा विभिन्न अक्षयकोष वाट प्राप्त ब्याज वाट कुल १६९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो । जसमध्ये नागासकी भद्र–सरस्वती अक्षयकोषबाट २१ जना विपन्न, जेहन्दार र भुकम्प पिडित विद्यार्थीलाई आर्थिक सहयोग गरिएको छ । विद्यालयका पुर्व विद्यार्थी उषा भण्डारी र उहाँका माता पिता भद्रबहादुर र सरस्वती भण्डारीद्धारा स्थापित ७ लाख रुपैयाको अक्षयकोषबाट प्राप्त ब्याज रकम ५५ हजारबाट २१ जनालाई सहयोग गरिएको हो । ६ जना भुकम्प पिडित बालबालिकालाई रु. ४ हजार र अन्यलाई दुई/दुई हजार रुपैया प्रदान गरिएको थियो । यो छात्रबृत्रि रकम वर्षेनी वितरण गरिँदै आएको अक्षयकोषदाता सरस्वती भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा अभिभावकहरु कुमार तामाङ र शान्ति परियारलाई उत्कृष्ट अभिभावकको रुपमा सम्मान गरिएको थियो । निवर्तमान प्रद्यानाध्यापक भुपेन्द्र चापागाईं र शिक्षक सकुन्तला पुरीलाई सम्मान गरिएको थियो । विभिन्न क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको थियो ।