प्रमुख समाचार

मोदी गाउँपालिका स्तरीय तीज गित प्रतियोगिता सम्पन्न

By लोकतन्त्र अनलाईन

August 25, 2025

पर्वत– मोदी गाउँपालिकाको आयोजनामा खुला तीजगित प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न आमा/महिला समुहहरु र माध्यमिक विद्यालयका विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगितामा युवा पलायन रोक्नुपर्ने, उद्यमशिलता बिकास गर्नुपर्ने र स्वदेशमै केहि गर्नुपर्छ भन्ने सन्देश, सुझाव एवं महिला हिँसा बिरुद्ध आवाज बुलन्द भएको थियो ।

प्रतियोगितामा महेन्द्र शिखरी मा वि बाजुङले प्रथम स्थान हात पारेको छ भने , देउपुर नमुना आवासीय मा बि ले द्वितीय स्थान र नवज्योति थम मा वि ले तृतिय स्थान हात पारेको छ । प्रतियोगितामा ११ समुहले भाग लिएका थिए । कार्यक्रममा कलाकाहरु कृष्ण अखेली, सरस्वती लामिछाने, सिता केसी लगायतको सांगितिक प्रस्तुती रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवरले तीजका मौलीक भाकाहरुको संरक्षण गर्दै जानुपर्ने बताउनुभयो । महिलाहरुका पिडा र बेदना मात्र पोख्ने नभई चेतनामुलक सन्देशहरु पनि तीज गितवाट उजागर हुने गरेको भन्दै संस्कृतिको संरक्षणमा सवैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पर्वत जिल्लाको समग्र विकास र समृद्धिका लागि आफु निरन्तर सक्रिय रहँदै आएको बताउँदै बढ्दो युवाहरुको पलायनलाई रोक्नका लागि स्वरोजगार सिर्जना र आत्मनिर्भरमुखि कृषि कर्ममा लाग्न सुझाव समेत दिनुभयो । मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यपालिका सदस्य लक्ष्मी विक र संचालन शान्ति शर्माले गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछाने, प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरी, वडा अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको सहभागिता थियो ।