प्रमुख समाचार

पर्वतको लेसपार केन्द्रविन्दु भएर ३.८ म्याग्निच्यूडको भूकम्प

By लोकतन्त्र अनलाईन

January 24, 2025

पर्वत – पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।

भूकम्पको तीव्रता ३.८ म्याग्निच्यूड मापन भएको खानी तथा भूगर्भ विभागका भूकम्पविद भरत कोइरालाले जानकारी दिए । भुकम्प गएपनि क्षतिको विवरण नआएको लेसपारका स्थानीय नरर्सिंह पुनले जानकारी दिनुभयो ।