प्रमुख समाचार

पर्वतको दुर्लुङ्गका ३४ वर्षिया युवा तीन महिनादेखि वेपत्ता

By लोकतन्त्र अनलाईन

October 22, 2025

पर्वत ५ कात्तिक : पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गका एक युवा विगत तीन महिनादेखि वेपत्ता बनेका छन् ।

गत असार ३० गते विहान १० बजे घरवाट निस्केका स्थानीय ३४ बर्षिय दुर्गाबहादुर सार्की अझै सम्म पनि सम्पर्कमा नआएका हुन् । घरवाट सदरमुकाम कुश्मातर्फ गएपछि सम्पर्क बिहीन बनेका युवाको खोजीका लागि उनकी भाउजु माया सार्कीले जिल्ला प्रहरी कार्यालय पर्वतमा हुलिया सहित निवेदन दिनुभएको छ ।

घरमा श्रीमतीले धोका दिएको भन्दै निस्किएका दुर्गा घरमा नफर्कने बाचा गरेका थिए । छिमेकीले हारगुहार गरी घरमै बस्न आग्रह गरेपनि नमानेका दुर्गा दिउँसो कालीगण्डकी नदि किनारमा समेत देखिएको आफन्तहरुले जानकारी पाएका थिए । श्रीमती र छोराछोरी भएको व्यक्ति एक्कासी वेपत्ता बनेपछि परिवार समस्यामा परेको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय पर्वतले वेपत्ता बनेका दर्गाबहादुरको खोजीका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेको छ । वेपत्ता युवाको हुलियासहित सवै प्रहरी युनिटहरुमा पत्राचार गर्दा पनि पत्ता नलागेकोले पत्रकार, आफन्तजन, तथा आम नागरिकहरुमा वेपत्ता युवाको खोजतलासका लागि अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक सुमित श्रेष्ठले जानकारी दिनुभयो ।