खेलकुद

मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधि पत्रकार महासंघ पर्वतलाई

By लोकतन्त्र अनलाईन

February 22, 2025

पर्वत– पर्वत उद्योग वाणिज्य संघको ४२ औँ साधारणसभा तथा ४९ औं वार्षिकोत्सबको अबसरमा आयोजित मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघ पर्वतले हात पारेको छ । पर्वत उद्योग बाणिज्य संघ र पत्रकार महासंघबीच भएको प्रतियोगितामा पर्वत उद्योग वाणिज्य संघलाई ३–० गोलले हराउदै नेपाल पत्रकार महासंघ पर्वतले उपाधि हात परेको हो ।

महासंघको तर्फ बाट ३ वटा गोलनै गंगा गुरुङले गर्नुभएको थियो । निकै रोमाञ्चक खेलमा पहिलो हापको अन्त्य तिर गंगा गुरुङले गोल गर्दै महासंघको टिमलाई अग्रता दिलाउनु भएको थियो भने दोस्रो हापमा पनि लगातार २ गोल गदै गुरुङ्गले गोल गर्नुभएको हो । पत्रकार महासंघका अधिकांस गोल गर्ने प्रयास गोलरक्षक अनिश कर्मचार्यले विफल पार्नुभएको थियो ।

यस अघि मैत्रीपुर्ण फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायतले शुभकामना मन्तव्यराख्नुभएको थियो । पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बि. पौडेलको अध्यक्षता तथा स्वागतमा सम्पन्न कार्यक्रमको संचालन महासचिब खड्गप्रसाद खनाल र धन्यवाद मन्तब्य बरिष्ठ उपाध्यक्ष कमल जिसीले राख्नुभएको थियो ।

संघले साधारण सभा तीन दिनसम्म मनाउने भएको छ । आइतवार गुप्तेश्वर पाठशालामा सरसफाई तथा सामाग्री वितरण तथा सोमवार मुल समारोह हुने भएको छ ।