अर्थ/बाणिज्य

गरिमाको वित्तिय साक्षरता तथा प्रोजेक्टर हस्तान्तरण कार्यक्रम नारायण माविमा सम्पन्न

By लोकतन्त्र अनलाईन

March 18, 2025

पर्वत– गरिमा बिकास बैंकको वित्तिय साक्षरता कार्यक्रम पर्वतको कुश्मा स्थित नारायण माविमा मंगलवार सम्पन्न भएको छ । बैंङ्किङ क्षेत्रका समसायिक विषयबस्तु नागरिकहरुमा जानकारी गराउने उद्धेश्यले वित्तिय साक्षरता कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा एक थान सिएसआर प्रोजेक्टर समेत नारायण माविलाई हस्तान्तराण गरिएको थियो । गरिमा बिकास बैंकका क्षेत्रीय प्रवन्धक कमल प्रसाद ढुंगानाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद शर्मालाई प्रोजेक्टर हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बिद्यार्थी, शिक्षक र अभिभावक गरी एक सय तीस जना भन्दा बढिको सहभागिता रहेको थियो । क्षेत्रीय प्रवन्धक ढुंगानाले बैंकले प्रवाह गर्दै आईरहेका सेवाहरुका बारेमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो भने स्वागत प्रअ प्रकाश रिजालले गर्नुभएको थियो । कार्यक्रमको संचालन शाखाका कर्मचारी विष्णु गिरीले गर्नुभएको थियो । कार्यक्रममा गरिमा बिकास बैंकका क्षेत्रीय कार्यालयका लोकेन्द्र बहादुर क्षेत्री, शाखा कार्यालय कुश्माका शाखा प्रमुख सुरज थापा, कर्मचारी कमल सुवेदी र मुनु श्रेष्ठको सहभागिता रहेको थियो । काठमाण्डौको लापिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमाको देशभरी एक सय २३ वटा शाखा रहेका छन् । बैंकको एक्सटेन्सन शाखा एक र एटिम संख्या ५१ रहेको छ । बैंकले मुलुकका ४४ जिल्लामा शाखा विस्तार गरी बैंकिङ सेवा प्रवाह गर्दै आएको छ ।