मुख्य समाचार

‘दि क्लिफ’ ले बनाएको पुलमा बलेवावासीलाई एक महिना निःशुल्क आवतजावत

By लोकतन्त्र अनलाईन

August 16, 2025

पर्वत — बागलुङ नगरपालिकाका नागरिकहरूले परिचयपत्रका आधारमा ‘दि क्लिफ’ द्वारा सञ्चालित पुल एक महिनासम्म निःशुल्क प्रयोग गर्न सक्ने भएका छन्।

लगातारको भारी वर्षाका कारण बागलुङका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भई यातायातमा अवरोध सिर्जना भएको छ। लगातारको भारी वर्षाका कारण बागलुङका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भई यातायातमा अवरोध सिर्जना भएकाले ‘दि क्लिफ’ले पुलबाट एक महिना नि:शुल्क आवातजावत गर्ने सुविधा मिलाएको हो ।

सडक अवरुद्ध हुँदा स्थानीयको दैनिक जीवनमा प्रत्यक्ष असर पुगेको अवस्थालाई मध्यनजर गर्दै दि क्लिफले राहतस्वरूप विशेष सुविधा दिने घोषणा गरेको हो ।

यसले विपद्‌को समयमा स्थानीय बासिन्दालाई सहज आवतजावतमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।पर्वतको कुश्मा र बागलुङको बलेवा जोडेर कालीगण्डकी नदीमाथि दि क्लिफले ५ सय २० मिटर लम्बाइ र २ सय २८ मिटर उचाइमा पुलको निर्माण गरिएको छ ।