प्रमुख समाचार

एमाले कार्कीनेटाको अधिवेशन सम्पन्न, एमाले पर्वतका संस्थापक पौडेललाई अभिनन्दन

By लोकतन्त्र अनलाईन

April 14, 2025

पर्वत– नेकपा एमाले फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटा वडा कमिटीको दोश्रो वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले पर्वतका संस्थापक नेता गणेश शर्मा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले शिवप्रसाद शर्मा को अध्यक्षतामा उपाध्यक्ष २७ सदस्यीय कमिटि सर्वसम्मत रुपमा चयन गरेको छ । कमिटिको उपाध्यक्षमा वेदाङग भक्त पाध्या सचिवमा मन्दिप पौडेल, उपसचिवमा नारायण प्रसाद पौडेल र अमृता परियार रहनुभएको छ । अधिवेशनको उद्घाटन गर्दै एमाले पर्वतका संस्थापक नेता गणेश शर्मा पौडेलले नेकपा एमाले र कम्युनिष्ट पार्टीको लागि कार्कीनेटा ऐतिहासिक स्थल भएको स्मरण गराउनुभयो । उहाँले यो मुलुकको विकास र परिवर्तन नेकपा एमाले बलियो भएमात्र सम्भव हुने बताउँदै पार्टीलाई बलियो बनाउनका लागि सवै नेता कार्यकर्ता एकजुट हुनुपर्ने बताउनुभयो । उहाँल पार्टीभित्र देखिएका गुट उपगुटको अत्य गर्दै सवै कम्युनिष्टहरुलाई गोलबन्द गर्दै जानुपर्नेमा जोड दिनुभएको छ । सो अवसरमा तत्कालिन नेकपा मालेको २०३६ साल मा पर्वत जिल्लाको पहिलो कमिटी गठन गरेका तत्कालिन पाँच जना नेता मध्ये एक गणेश शर्मा पौडेललाई अभिन्नदन सहित सम्मान गरिएको थिषे । तत्कालिन २०३९ साल र पार्टीको स्थापाना मा भूमिका खेलेका ४ जना कमरेड क्रमस ज्योति शर्मा ,आत्माराम शर्मा, कमलापति पाध्या, प्रेमनारायण शर्मालाई दोसल्ला सहित सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा एमाले नेता तथा फलेवासका संस्थापक मेयर पदमपाणी शर्मा, जिल्ला कमिटि उपसचिब बिन्दु अधिकारी, नगर कमिटि अध्यक्ष देविप्रसाद तिमिल्सिना, कार्कीनेटाका वडाअध्यक्ष चोलाकान्त पाध्या, थापाठानाका वडा अध्यक्ष गंगानारायण श्रेष्ठ, खौलाका वडा अध्यक्ष तेजप्रसाद शर्मा चापागाई, मएमाले जिल्ला सदस्य गोपाल भण्डारी, जिफण्डक नेता रामचन्द्र शर्मा, विष्णुबहादुर पौडेल, तिलकबहादुर केसी लगायतले सम्वोधन गर्नुभएको थियो ।

गिरीनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत शिवप्रसाद शर्मा र संचालन बेदांगभक्त पाध्याले गर्नुभएको थियो ।