पर्वत – पर्वत समाज कतार र गण्डकी प्रदेश समन्वय परिषद कतारको आयोजनामा पर्वतमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको समन्वयमा रत्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा पर्वतका २५ जनाले रत्तदान गर्नु भएको थियो । कार्यक्रममा बोल्दै पर्वत समाज कतारका पूर्व अध्यक्ष एंव मोदी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष दिपेन्द्र जंग लामिछानेले रोजगारिका क्रममा पर्वतबाट कतार पुगेकाहरु आवद्ध रहेको समाजले विदेशमा मात्र नभएर स्वदेशमा समेत सामाजिक काम गर्दै आएको भन्दै प्रशंसा गर्नु भएको थियो ।
पवतबाट कतार पुगेका र अफ्ट्यारोमा परेकालाई सहयोग गर्दैे आएको समाजले नेपालमा दैविक प्रकोप, विपत्ती र विभिन्न रोगबाट पीडित भएर उपचारमा कठिनाइ भएकालाई सहयोग गर्दै आएको भन्दै उहाँले नेपालमा समेत रगत दान गरेर जीवन बचाउने कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्वत शाखाका सभापती रुद्रबहादुर रिमाल र नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले बोल्नु भएको थियो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वत समाजका वरिष्ठ उपाध्यक्ष दधी आचार्य, सल्लाहकार पर्शुराम पौडेल, पर्वत समाज कतारका पूर्व अध्यक्ष चिन्तामणी पौडेल, सल्लाहकार रविन पुन मगर, उपाध्यक्ष डिबी क्षत्री, कोषाध्यक्ष महेन्द्र चालिसे, समाजका सदस्य तथा खेलकुद संयोजक कुमार पोखरेल, पूर्व कोषाध्यक्ष दुर्गा क्षत्री, सदस्य रमेश पौडेल, युवराज शर्मा, दलित एकता सञ्जाल कतारका अध्यक्ष प्रकाश घताने, पर्वत समाज युएइका महासचिव जगदिश शर्मा, आजिवन सदस्य गणेश केसी लगाएतको उपस्थिती रहेको थियो ।
सो अवसरमा आरसी पौडेल, रामबहादुर क्षेत्री, छविलाल भट्टराई, शोभा रिजाल, जगदीश शर्मा, सन्दीप शर्मा, परशुराम पौडेल, धर्मदत्त शर्मा, झलक क्षेत्री, युवराज पौडेल, युवराज शर्मा, रामप्रसाद शर्मा (माधव ), भीमकान्त शर्मा, दिपेन्द्र जंग लामिछाने, महेन्द्र चालिसे, डीबी क्षेत्री, बिमल भट्ट, सुदिप क्षेत्री, रबिन पुन, विनय जंग लामिछाने, रमेश पौडेल, विवेक थापा, दलबहादुर क्षेत्री, पदमपाणी पौडेल र शिव खड्काले रत्तदान गर्नु भएको थियो ।
कार्यक्रम पर्वत समाज कतारका प्रमुख संरक्षक तथा गण्डकी प्रदेश समन्वय परिषद कतारका सल्लाहकार छविलाल भट्टराईको अध्यक्षता, कार्यक्रम संयोजक तथा पर्वत समाज कतारका उपाध्यक्ष भिमकान्त पौडेलको स्वागत तथा पत्रकार सिर्जना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।
समाजले नेपाल रेडक्रस सोसाइटी पर्वत शाखालाई २ थान कुर्चि हस्तान्तरण गरेको छ । रगत संकलनका क्रममा रत्तदातालाई सहज होस भनेर कुर्चि हस्तान्तरण गरिएको समाजका अध्यक्ष ओमबहादुर क्षत्री सन्तोषले जानकारी दिनुभयो ।
रत्तदाता, समन्वयकर्ता र सहयोगीलाई समाजले प्रसंसापत्र हस्तान्तरण गरेको छ ।