प्रमुख समाचार

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडद्धारा मृत्यु दावी रकम भुक्तानी

By लोकतन्त्र अनलाईन

May 12, 2025

पर्वतः रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडले मृतक कर्मचारीको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको छ । कम्पनीको पर्वत शाखामा कार्यरत कर्मचारी स्वर्गिय दामोदर गौतमको परिवारलाई रु. ४८ लाख ६९ हजार ७०६ रुपैया भुक्तानी गरेको हो । गौतमको गत चैत १५ गते मोटरसाईकल दुर्घटनामा परी ज्यान गएको थियो । कम्पनीको पर्वत शाखाका प्रमुख समेत रहनुभएका गौतमलौ आफै चढेको मोटरसाईकल पल्टिएर अठ्याउँदा ज्यान गएको थियो । उक्त रकम मृतककी श्रीमती कमला देवी शर्मा गौतमलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा नेपाल विमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भुप्रसाद मिश्रले उक्त चेक हस्तान्तरण गर्नुभएको हो । सो अवसरम बोल्दै उहाँले मानिसको जीवन अनिश्चित रहेकाले जनधनको सुरक्षाका लागि बिमा अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफु वा परिवारको सुरक्षाका लागि जीवन बिमाको महत्वपुर्ण भूमिका रहेको बताउनुभयो । कार्यक्रममा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडका डिपार्टमेन्ट प्रमुख दिपेशबाबु तिवारी , पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेल, धौलागिरि शाखाका प्रमुख देवेन्द्र घिमीरे लगायतले बोल्नुभएको थियो ।