प्रमुख समाचार

पर्वतको ठुलीपोखरीमा निःशुल्क मुटुरोग परिक्षण शिविर संचालन हुने

By लोकतन्त्र अनलाईन

December 10, 2025

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नंं. १२ ठुलीपोखरीमा निःशुल्क मुटु रोग परिक्षण शिविर हुने भएको छ । यहि मंसिर २७ गते शनिवार शिविर आयोजना गरिएको हो । ठुलीपोखरी स्थित कुश्मा आधारभुत अस्पतालमा हुने शिविरका लागि सेभ द हार्ट, र नेपाल कार्डियोको प्राविधिक सहयोग रहेको छ । शिविरमा निःशुल्क मुटुरोग सम्वन्धि परामर्श र परिक्षण, निःशुल्क इसिजी, निशुल्क इको कार्डियोग्राफी, निःशुल्क औषधी र १८ वर्ष भन्दा कम उमेरका बालबालिकाको निशुल्क मुटुको शल्यक्रिया सेवा संचालन हुने भएको छ । आर्थिक अभावका कारण लामो समयदेखि मुटुरोग सम्वन्धि समस्याले ग्रसित बिरामीहरुलाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको कुश्मा नगरपालिका वडा नंं. १२ ठुलीपोखरीका वडा अध्यक्ष झलक रिमालले बताउनुभयो । शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा डा. सुमन अधिकारी, डा. सुतप यादब, बोधराज गौतम लगायतको टोलीले बिरामीहरुको उपचार गर्ने भएको छ । शिविर विहान ८ बजेदेखि साँझ ४ बजेसम्म संचालन हुने भएको छ । शिविरमा सहभागि भएर आफ्‌नो स्वास्थ्य परिक्षण गराउन आयोजकले अनुरोध गरेको छ ।