प्रमुख समाचार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतमा सुवेदी

By लोकतन्त्र अनलाईन

November 09, 2025

पर्वत– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतको अध्यक्षमा सन्तोष सुवेदी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । शनिवार कुश्मामा सम्पन्न २१ औँ साधारण सभा तथा सातौ जिल्ला अधिवेशनवाट सुवेदीको अध्यक्षतामा २२ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन भएको हो । प्रतिष्ठानको प्रथम उपाध्यक्षमा सुदिप क्षेत्री, द्धितिय उपाध्यक्षमा मन्जु विक, महिला उपाध्यक्षमा सावित्रि शर्मा सानु, सचिबमा बसन्त बास्तोला, कोषाध्यक्षमा देवी परियार, सहकोषाध्यक्षमा शोभा रिमाल रहनुभएको छ । यसैगरी सदस्यहरुमा कृष्ण कँडेल, सचिना कुमारी शर्मा, शिव पौडेल, शोभा परियार, प्रकाश पौडेल, शिव पुरी, अप्सन विश्वकर्मा, सफल परियार, गणेश पौडेल, सागर नेपाली, समिर रामदाम, निलम सुनार, सलिना गुरुङ र आश्मिक परियार रहनुभएको छ । यस अघि आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले लोक संगितको विकासका लागि सवै कलाकारहरु एकजुट हुनुपर्ने बताउनुभयो ।