प्रमुख समाचार

कुश्मामा सह योग शिक्षक प्रशिक्षण कार्यक्रम शुरु

By लोकतन्त्र अनलाईन

August 07, 2025

पर्वत– पतञ्जली योग समिति पर्वत, महिला पतञ्जलि योग समिति पर्वत, युवा नेपाल तथा कुश्मा नगरसमितिको संयुक्त आयोजनामा कुश्मामा १५ दिने सह योग शिक्षक प्रशिक्षण कार्यक्रम आज वाट सुरु भएको छ । कार्यक्रम पतञ्जलि योग समिति पर्वतका अध्यक्ष ओमकुमार श्रेष्ठको अध्यक्षता र कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालको प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो । कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ६ र ७ का वडाध्यक्षहरू क्रमश ईश्वर गिरी र परशुराम पुरी, सामाजिक विकास कार्यालय पर्वतका कार्यालय प्रमुख गोविन्द पौडेल, पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमन्त बास्तोला, जिल्ला प्रहरी कार्यालय र शशस्त्र प्रहरी चण्डीका गणका प्रमुख तथा प्रतिनिधिहरु एवं विभिन्न विद्यालयका प्रधानाध्यापकहरू र संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

१५ दिने योग प्रशिक्षण कार्यक्रमलाई युवा नेपाल समिति गण्डकी प्रदेशका प्रभारी एवं केन्द्रीय प्रशिक्षक जमुना थापाले सहजिकरण गर्नुहुनेछ । कार्यक्रममा महिला पतञ्जलि योग समिति पर्वतका अध्यक्ष इन्दीरा शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने पतञ्जलि योग समिति पर्वतका महामन्त्री ढाकाराम सापकोटाले संचालन गर्नुभएको थियो । उक्त तालिमले योग शिक्षालाई समुदायमा अझै प्रभावकारी रूपमा फैलाउन सहयोग पुर्‍याउने आयोजक पक्षको विश्वास रहेको छ ।