प्रमुख समाचार

पर्वत : तपस्याको थलो

By लोकतन्त्र अनलाईन

May 06, 2025

डा. अनिता श्रेष्ठ 

पाङको चौरमा हाँसेकी थिइन् पार्वती, निशब्द खेलाइ रहेकी सपनाहरूको झुल्का। शिव प्राप्तिको चाहनाले, गुप्तेश्वरको गर्भगुफामा चलेको थियो एक मौन तपस्या।

कुशमामा चिनिएको छ एक दिव्य चिन्ह, जहाँ जन्मिएको हो कुश—ऋषिहरूको पूजा, कर्म र योगको प्रतिक। त्यसैले त उर्जा यहाँ उच्च छ, धरा, गगन र आत्मालाई छुने ऊर्जा।

सहस्रधारामा नुहाएकी पार्वतीको स्मृति आज पनि बगिरहेछ जलधारासँगै, प्रकृतिको कान्तिलाई जोगाइरहेछ शिवशक्तिको मौन संवादमा।

पर्वत, तिमी केवल भूगोल हैनौ, तिमी इतिहास हौ, तिमी ऊर्जा हौ, र तिमी साक्षी हौ— ईश्वर र मानवबीचको प्रेम र तपस्याको।

 

दोलखा