प्रमुख समाचार

संस्किृती जोगाउन विहादी गाउँपालिकाले तिज गित प्रतियोगिता गर्दै

By लोकतन्त्र अनलाईन

August 30, 2024

पर्वत – पर्वतको विहादी गाउपालिकाले तिज गित प्रतियोगिता आयोजन गर्ने भएको छ । गाउपालिका कार्यालयको व्यवस्थापनमा भाद्र १४ गते शुक्रवार तिज गित प्रतियोगिता आयोजना गरिएको हो । पछिल्लो समय तीज भड्किलो हुदै गएकोमा गाउपालिकाले संस्किृतीको संरक्षण गर्न आचार संहितामा आधारित तीज गित प्रतियोगिता आयोजना गर्न लागेको हो । तीज गितको विषय वस्तु समाज परिवर्तनमा महिलाहरुको भुमिका रहेको छ । संस्कृतिको जगेर्ना गर्नुका साथै समाज परिवर्तनमा महिलाको भूमिका विषयमा तीज गित प्रतियोगिता गराईने विहादी गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले जानकारी दिनुभयो ।

गाउपालिकाले ६ वटा वडाहरु रहेकोमा एक वडा वाट वढिमा २ समुह दर्ता गर्न आवहन गरेको छ ।

प्रतियोगिातमा सहभागी हने टिमलाई प्रथम पुरस्कार रु १२०००। दृतिय पुरस्कार रु १००००। तुतिय पुरस्कार ८००० र सान्तन्व पुरस्कार रु ५००० सहित प्रमाण पत्र प्रदान गरिने पालिकाको कार्यालयले जनाएको छ।