प्रमुख समाचार

शिखर इन्स्योरेन्स कुस्मा शाखाद्धारा मोदीमा सचेतना कार्यक्रम सम्पन्न

By लोकतन्त्र अनलाईन

February 29, 2024

पर्वत- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा शाखाको आयोजना र मोदिखोला बहुउद्देश्यीय सहकारी संस्थाको सहयोगमा मोदीगाउँपालीकामा एक दिने बिमा सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रमका अध्यक्ष शिखर इन्स्योरेन्स कम्पनी लि गण्डकी प्रदेशका प्रमुख बुद्धि प्रसाद तिवारीले किसानहरुको प्रश्न र समस्याका बिसयमा कम्पनीले दिन सक्ने सेवा र सहजताको बारेमा औल्याउँदै स्पष्ट पारे । तिवारीले बिमा दावी रकम वापतको चेक दुई जना कृषकहरुलाइ समेत हस्तान्तरण गरेका थिए । कार्यक्रममा मोदि २ का वडा अध्यक्ष तथा सोही कार्यक्रमका प्रमुख अतिथी बेल बहादुर कार्कीले छिटो छरितो र इन्स्योरेन्सको प्रभावकारी कामको बिसयमा प्रशंसा गर्दै झन्झट मुक्त दाबी प्रक्रियाको निम्ति शिखर इन्स्योरेन्स कम्पनी नेपालकै उत्कृष्ट भएको दाबी गरे र अझ धेरै सहकार्य र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममामा बोल्दै मोदिखोला बहुउद्देश्यीय सहकारी शंस्थाका अध्यक्ष तथा सोही कार्यक्रमका अतिथि बेदप्रसाद तिमिल्सिनाले बिगत तीन बर्ष देखी शिखर इन्स्योरेन्स सँग सहकार्य गरि पशु तथा फलफूलको बिमा गर्न चौध वटा निर्जीवन बिमा कम्पनीहरु मध्ये कम्पनीको सेवा प्रदायक कर्मचारीहरुको मृदुभाषी व्यबहार र दाबी प्रक्रियाको सहजता उत्कृष्ट रहेको कारण शिखर इन्स्योरेन्स कम्पनी रोजेको बिचार व्यक्त गर्नुभयो । शिखर इन्स्योरेन्स कम्पनीले सम्पुणर् किसान बर्गहरुमा बिमाको बारे बिस्तृत जानकारी गराउदै भैपरी आउने दुर्घटनामा किसानलाई मर्का नपरोस् भन्ने उद्देश्यका साथ उक्त सचेतना कार्यक्रम सञ्चालन गरिएको कम्पनीका कुस्मा शाखा प्रमुख तथा सो कार्यक्रमका प्रशिक्षक प्रकाश पौडेलले जानकारी गराउनुभयो । एक सय जना भन्दा बढी किसानहरुको सहभागीतामा भएको कार्यक्रम शिखर इन्स्योरेन्स कुस्मा शाखाको आयोजनामा शाखाकी अन्डर राइटिङ्ग तारा कुमारी शर्माको स्वागत र सञ्चालन शाखाका भेटेरिनरी प्राबिधिक गोबिन्द पौडेलले गर्नुभएको थियो ।