पर्वत– अङ्ग्रेजी नयाँ वर्ष तथा पुसे पन्ध्रमको अवसरमा पर्वतमा युवा, पर्यटन तथा सडक महोत्सव हुने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्बतको आयोजनामा यहि पौष १५, देखी १७ गते सम्म पर्बतको कुश्मा बन्जी साइडमा पर्यटन युवा सडक महोत्सव आयोजना गरिएको हो । आयोजकले शनिवार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्वत शाखाले महोत्सवको तयारीको वारेमा जानकारी गराएको हो । अंग्रेजी नयाँ वर्ष २०२५ र पुसे पन्ध्रको अवसर पारेर आयोजना गरिएको यस महोत्सवले पर्वत जिल्लाको आर्थिक विकास तथा पर्वतमा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा राखिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतकी अध्यक्ष पुजा कार्की शर्माले वताउनुभयो । शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको तयारीको वारेमा जानकारी दिदै महोत्सव सफल वनाउनका लागि आवश्यक तयारीहरु भैरहेको आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन पौष १५ गते १ वजे गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गर्नुहुने भएको छ । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगरका साथै चर्चित गायक गायिकाहरुको प्रस्तुती रहने भएको छ । महोत्सवमा राष्ट्रिय लोक तथा दोहोरी गायक कुलेन्द्र विक, दिपक खड्का, शिव हमाल, जिवन दाहाल ,चोलेन्द्र पौडेल, कृष्ण अखेली राजन कार्की, माया गूरुङ चित्र सागर श्रेष्ठ, राम्जी पौडेल लगाएतका कलाकारहरुको सांगेतिक प्रस्तुति रहने छ भने हरेक वेलुका विभिन्न व्यान्डहरुको प्रस्तुती रहेने आयोजकले जनाएको छ । महोत्सव संगै विश्वकै अग्लो वन्जीजम्प ,जिपलाइन कालिगण्डकी लामाझोलुङ्गेपुल अवलोकन गुग्तेश्वर गुफा आकर्षक रहेने छन् । रााष्ट्रिय लोक तथा दोहोरी गीत प्रतस्ठिान नेपाल पर्बतकी अध्यक्ष पुजा कार्की शर्माको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा रिडम म्यूजिक ग्रुपका व्यवस्थापक तथा महोत्सवका मुल संयोजक सन्दीप वस्यालले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रममा तयारीको वारेमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका सल्लाहकार कृष्ण अखेली र प्रतिष्ठान पर्वतका पुर्व अध्यक्ष तथा महोत्सवका आर्थिक संयोजक आरसी पौडेलले तयारीको वारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको संचालन कलाकार सुदिप क्षेत्रीले गर्नूभएको थियो । महोत्सवको पत्रकार सम्मेलन सँगै हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचानमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान समेत गरिउको थियो ।