पर्वत, १६ वैशाख ः दक्षिण पर्वतको पैयुँ गाउँपालिकामा अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम संचालन गरिएको छ । धेरै उमेरसम्म जीवनयापन गर्दै आएका जेष्ठ नागरिकहरुलाई स्वास्थ्य, सरसफाई अन्य कुराहरुमा सहायता प्रदान गर्ने उद्धेश्यले यो कार्यक्रम संचालन गगरिएको हो । यो कार्यक्रम अन्तर्गत पालिका भित्र रहेका सम्पुणर् अशक्त, असहाय वृद्ध बृद्धाहरुलाई नजिक पर्ने सहज स्थान घर गाउँमै पुगेर स्वास्थ्य परिक्षण एवं औषधि वितरण कार्यक्रम संचालन गरिएको छ । जस अन्तर्गत पहिलोपटक पैंयुँ गाउँपलिकाको वडा नं २ को अर्थुन बजारमा अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ६० वर्ष माथिका ७१ जेष्ठ नागरीक हरुको स्वास्थ्य परीक्षण गर्नुको साथै औषधी समेत निःशुल्क वितरण गरिएको छ । जेष्ठ नागरिकहरुको उच्च रक्तचाप परीक्षण, पिसाबमा प्रोटिन र सुगरको जांच, रगत वाट मधुमेहको जाँच एवम् शंकास्पद क्षयरोगका बिरामीहरूको खकार नमूना संकलन गरिएको थियो । जेष्ठ नागरिक आमा बुबाको शारीरिक अशक्ततालाई मध्यनजर गर्दै उहाँहरुको औषधि प्राप्ति र स्वास्थ परिक्षणमा सहजता पुगोस भनेर गाउँपालिकाले आ.व ८०/८१ को सामाजिक न्याय अन्तर्गतको योजना समावेश गरि अध्यक्षसँग जेष्ठ नगारिक कार्यक्रम संचालन गरिएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो । अध्यक्ष ठकुरीले आगामी आर्थिक बर्षमा पनि अझै परिमार्जन गर्दै यस्ता प्रबद्र्धनात्मक एवम समतामूलक न्यायसँंग जोडिएका विभिन्न कार्यक्रम संचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । अध्यक्ष संग जेष्ठ नागरिक कार्यक्रम गाउँपालिकाका ७ वटै वडामा पुगेर संचालन गरिने प्रमुख प्रशासकिय अधिकृत राजीव रिमालले बताउनुभयो । यस्ता कार्यक्रमले जेष्ठ नागरिकहरुको दैनिक जीवनयापनमा सहजता ल्याउनुका साथै आत्मबल र हौसला समेत बढ्ने विश्वास पालिकाको रहेको छ ।