राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत शाखाको २०औं साधारण सभा सम्पन्न - News site from Nepal

पर्वत : देशभरका श्रष्टा तथा लोक तथा दोहोरी कलाकारको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल पर्वत शाखाको २०औं साधारण सभा एवम् श्रष्टा तथा कलाकार सम्मान कार्यक्रम शनिवार पर्वत कुश्मामा सम्पन्न भएको छ ।

प्रतिष्ठानले देशभरका ७७ वटै जिल्ला शाखाको एकै दिन वार्षिक साधारण सभाको आयोजना गरेको हो । प्रतिष्ठानका केन्द्रिय महासचिव शिव हमालले भव्य समारोहका विच दिप प्रज्वलन गरी साधारण सभाको समूदघाटन गर्नु भएको हो । जिल्ला शाखाद्वारा सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथि हमाल र कार्यक्रमका अध्यक्ष पुजा शर्मा कार्कीले सयुक्त रुपमा माला, दोसल्ला र प्रमाणपत्रले सम्मान गर्नु भएको छ । साधारण सभामा सम्मानित हुनेहरुमा श्रष्टा मध्येवाट पर्वतको पाङ्गमा जन्मनु भई काठमाण्डौमा कर्म गर्दै आउनु भएका प्रल्हाद सुवेदी, तनहुमा जन्मनु भई वेलायतमा रही गित संगितको क्षेत्रमा विद्यावारिधी गर्नु भएको भरत श्रेष्ठ, नेपाल प्रेस युनिएन पर्वत शाखाका सचिव सुमनजंग थापा र राधाकृष्ण भजन समूह, खुर्कोट पर्वत हुनुहुन्छ ।

प्रतिष्ठानले संस्थाका सदस्यहरु मध्येवाट उत्कृष्ठ सदस्यको रुपमा सन्दिप वस्याल, वसन्त वास्तोला र शोभा रिमाललाई सम्मान गरेको छ । कार्यक्रममा शाखाका सचिव सिता पौडेलले वार्षिक प्रगति तथा कार्यक्रम एवम् कोषाध्यक्ष ज्ञानु शर्माले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । प्रस्तुत कार्यक्रम तथा आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको छ ।

साधारण सभामा प्रमुख अतिथिको आसनवाट वोल्दै केन्द्रिय महासचिव शिव हमालले सवै क्षेत्रले गित संगितलाई चाहने तर महत्व नदिने गरेको दुखेसो गर्नु भयो । धेरै चुनौतीको वावजुद प्रतिष्ठान आजको स्थितीमा ल्याएको भन्दै कलाकारको व्यवसायिकता, पेशागत सुरक्षा र दिगोपनाको लागि अझै धेरै गर्नुपर्ने वताउँदै आँफू संस्था र कलाकारको हकहितको लागि जुनसूकै समर्पण गर्न तयार रहेको वताउनु भयो । लोक तथा दोहोरी गितको क्षेत्रमा वढदो विकृतीको वारेमा वोल्दै उहाँले आयोजक, दर्शक र स्रोताहरुले त्यस्ता विकृत कलाकारितालाई प्रोत्साहन नगरेमा मात्र विकृती हटने वताउनु भयो । महासचिव हमालले प्रतिष्ठान पर्वत शाखाका अध्यक्ष पशुपति कार्की र पर्वत शाखाले गरेका संस्थागत तथा सामाजिक कार्यको खुलेर प्रशसा गर्नु भयो ।

यसैगरी साधारण सभामा विशिष्ट अतिथिको आसनवाट वोल्दै नेपाली कांग्रेसका युवा नेता एवम् नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले प्रतिष्ठान सष्टा र कलाकारहरुमा सिमित नरही समाजको हरेक दुखसुखमा सहयोग गर्ने सामाजिक संस्थाको रुपमा स्थापित भएको वताउनु भयो । उहाँले संस्था भित्रको आन्तरिक असहमतीहरु व्यवस्थापन गर्दै एकअर्काको इज्यत गरेर अगाडी वढनुपर्नेमा जोड दिनु भयो । पर्वत शाखाको हरेक गतिविधीमा आफ्नो साथ र सहयोग रहने भन्र्दै सम्मानित सवैलाई वधाई पनि ज्ञापन गर्नु भएको थियो । जिल्ला शाखाले हालै सार्वजनिक गरेको मौलिक तीज गित काली पसम्लालाई उहाँले व्यक्तिगत रुपमा रु दश हजार नगद पुरस्कार प्रदान गर्नु भएको छ ।

पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर वि.पौडेल, पत्रकार महासंघका अध्यक्ष सन्तोष थापा, सम्मानित श्रष्टा प्रह्लाद सुवेदी, गण्डकी प्रदेश संयोजक कृष्ण सुवेदी, प्रदेश सल्लाहकार कृष्ण अँखेली, निवर्तमान अध्यक्ष दिपक गदाल, पुर्व अध्यक्ष आरसी पौडेल, आजीवन सदस्यद्वय कृष्ण प्रसाद श्रेष्ठ, शिव शर्मा पौडेल, प्रतिष्ठानका सदस्य कृष्ण कँडेल र शोभा परियारले मन्तव्य सहित कार्यक्रममा आफ्नो प्रस्तुती राख्नु भएको थियो ।

प्रतिष्ठानको २०औं साधारण सभा तथा सम्मान कार्यक्रम शाखाका अध्यक्ष पशुपति शर्मा कार्कीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष सन्तोष सुवेदीको स्वागत एवम् सहसचिव अर्जुन थापाको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!