प्रमुख समाचार

पर्वतको जलजलाका उद्यमीलाई घुम्ती कोष वितरण

By लोकतन्त्र अनलाईन

May 25, 2024

पर्वत, १२ जेठ ः पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र लघु तथा घरेलु उद्यम संचालन गरेका उद्यमीहरुलाई रु. एक/एक लाखका दरले विउ पुँजी उपलब्ध गराएको छ ।

गाउँपालिकाले सञ्चालन गरेको रुपान्तरणीय सामाजिक परिचालनद्धारा वडा विकास कार्यक्रम अन्र्तगत नौ वटा वडामा एक/एक जना उद्यमीको दरले घुम्ती कोष मार्फत रु नौ लाख रुपैया अनुदान उपलब्ध गराएको हो ।

विभिन्न प्रकृतिको उद्यमहरुको बर्गिकरणका आधारमा छनौट भएका उद्यमीहरुलाई शुक्रवार जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले घुम्ती कोष वापतको रकम वितरण गर्नुभएको हो । वडा विकास कार्यक्रमले टोल विकास संस्थाका सदस्यहरुलाई आत्मनिर्भर बनाउन सदस्यहरुको आर्थिक स्तर वृद्धिका लागि घुम्ति कोष परिचालन गरिएको अध्यक्ष आचार्यले बताउनुभयो ।

वडा नम्बर १ का सन्तु दर्जीले बाख्रापालन, वडा नम्बर २ साम्मारेका दुर्गाबहादुर सुनारले आरन ब्यवसाय, वडा नम्बर ३ का पवित्रा कुमारी उपाध्याय पौडेलले स्टेशनरी, वडा नम्बर ४ का लक्ष्मी गिरिले बाख्रापालन र वडा नम्बर ५ का मिना सुवेदीले तरकारी खेती र पसल सञ्चालन गर्न घुम्ती कोषको रकम पाउनु भएको हो ।

वडा नम्बर ६ का उजेली सार्कीले भैसीपालन, वडा नम्बर ७ का पूणर्े दमाईले तरकारी खेती, वडा नम्बर ८ का नन्दराम पाध्याले पशुपालन र वडा नम्बर ९ का दुलबहादुर पुर्जाले फलफुल तथा तरकारी खेतीका लागि घुम्ती कोषबाट रकम प्राप्त गर्नुभएको गाउँपालिकाले जनाएको छ ।

सहुलियत ब्याजदरमा बिना धितो प्राप्त गरेको घुम्तिकोषको रकम अवधी पुगेपछि टोल विकास संस्थालाई फिर्ता गर्नुपर्नेछ । असल उद्यमी निर्माण तथा उद्यमशिलताको विकास गर्ने भौतिक पूर्वाधारका कामहरुमा गुणस्तर कायम गर्ने, कृषि तथा पशुजन्य उत्पादनमा आन्मनिभर बनाउने तथा युवाहरुको विदेश पलायनमा न्यूनीकरण गर्न रोजगारीका अवसर सिर्जना गर्ने यो कार्यक्रमको मुख्य उद्धेश्य हो ।

त्यसैगरी पर्यटन व्यवसायलाई प्रभावकारी बनाउन र गरिबी न्यूनीकरण गर्ने उद्देश्यले घुम्तिकोष परिचालन गरिएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्यले बताउनुभयो । यस वर्षदेखि शुरु भएको यो कार्यक्रम हरेक वर्ष फरक फरक उद्यमीलाई प्रदान गरिने भएको छ । पालिकाभित्रै व्यावसायिक रुपमा गरिने फलफुल, तरकारी उत्पादन, पशुपंक्षी पालन, घरेलु औजार, उपकरण निर्माण गरी स्वरोजगारमुलक काम गरिरहेका उद्यमीको प्रोत्साहन हुने र यो क्षेत्रमा लाग्न अन्य युवायुवतीहरुलाई पनि प्रेरणा मिल्ने आचार्यले बताउनुभयो । पालिकाले यस अघि एकल वा हलगोरु पाल्ने, स्थानीय जातका गाई गोरु संरक्षण गर्ने कृषकहरुलाई पनि अनुदान उपलव्ध गराउँदै आएको छ । —