अर्थ/बाणिज्य

उद्योगी, व्यावसायिको संस्थागत क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न

By लोकतन्त्र अनलाईन

August 24, 2024

पर्वत- पर्वत उद्योग वाणिज्य संघका कार्यसमितिमा रहेका पदाधिकारी र सदस्यहरुको लागि संथागत क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सँगै प्रभावकारी वैठक संचालन विधि सम्वन्धि एक दिने तालिम सम्पन्न भएको छ । भर्खरै नवनिर्वाचित भएको समितिलाई गतिशिलि र प्रभावकारी बनाउने उद्धेश्यले संस्थाका पदाधिकारी र सदस्यहरुको क्षमता अभिबृद्धि गर्न तालिम संचालन गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा संचालित तालिममा पुर्व राजदुत तथा नेपाल जेसीज र नेपाल टेलिभिजनका पुर्व अध्यक्ष महेश दाहालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष हरिओम शर्मा लामिछाने, सहभागीको तर्फवाट सल्लाहकार यमप्रसाद शर्मा, सरस्वती भण्डारी, उद्योग बाणिज्य संघ जलजला उपशाखा का अध्यक्ष हिराबहादुर जिसी, पैयुका अध्यक्ष अमृत प्रसाद आचार्यले राख्नुभएको थियो । संघका अध्यक्ष अध्यक्ष ठाकुर वि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद मन्तव्य वरिष्ठ उपाध्यक्ष कमलवहादुर जिसी र संचालन महासचिव खड्कप्रसाद खनालले राख्नुभएको थियो ।