लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
खौलालाँकुरीमा स्वास्थ्य शिविर, ३ सयले लिए सेवा - News site from Nepal
खौलालाँकुरीमा स्वास्थ्य शिविर, ३ सयले लिए सेवा

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १३ खौलालाँकुरीमा आयोजित एकदिने निशुल्क स्वास्थ्य शिविरमा ३ सय जना भन्दा बढीले सेवा लिएका छन् । खौलालाँकुरीमा जन्मेर पोखरा आई बसेकाहरुको संस्था खौलालाँकुरी पोखरा सम्पर्क समाजको आयोजना र उक्त वडा कार्यालयको सहकार्यमा शिविर सम्पन्न भएको थियो । शिविरमा चरक मेमोरियल हस्पिटल प्रालि नागढुंगा पोखराको प्राविधिक सहयोग रहेको थियो ।

३ सय एक जनाले स्वस्थ्य परीक्षण गराएको शिविरमा चरक मेमोरियल हस्पिटलका जनरल फिजिसियन तथा कार्डियोलोजिष्ट डा। अभिनव प्रधान, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा। अनिल रेग्मी र स्त्रीरोग विशेषज्ञ डा।नुनादेवी पहारीले विशेषज्ञ सेवा दिएका थिए । शिविरमा ७३ जनाले निशुल्क ईसीजी सेवा पाए । साथै ९१ जनाको। रक्त परीक्षण र पिसावको जाँच पनि गरिएको थियो । ३ लाख मूल्य बढीको औषधी निशुल्क वितरण गरिएको थियो । केही बिरामीलाई एकपटकलाई परामर्श सहित निशुल्क भिडियो एक्सरे गर्ने सेवासमेत उपलब्ध गराइएको थियो । थप ल्याव परीक्षण गर्नुपर्ने बिरामीलाई निश्चित प्रतिशत छुटसहित परामर्श सेवा निशुल्क दिने चरक अस्पतालको निर्णय बमोजिम भिडियो एक्सरे र थप ल्याव परीक्षण गर्नुपर्ने बिरामीलाई टोकनसमेत बितरण गरिएको थियो ।

स्वास्थ्य शिविरको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सम्पर्क समाजले आफ्नो जन्मथलोमा शिविरको आयोजना गरेर स्वास्थ्य सेवा उपलब्ध गराएकोमा खुशी व्यक्त गर्दैै आफ्नो तर्फबाट पनि सक्दो सहयोग रहने बताए । ‘खौलालाँकुरी पोखरा सम्पर्क समाजले विभिन्न रचनात्मक काम गर्दै आएको देखेको छु, सुनेको छु’, उनले भने, ‘समाज सेवाको कामलाई निरन्तरता दिन आग्रह गर्छु ।’ वडाको बिकासमा आफ्नो तर्फबाट सधै सहयोग रहने उनको भनाई थियो । कुश्मा–१३ का वडाध्यक्ष तेजप्रसाद शर्माले समाजले शिविर ल्याएर राम्रो काम गरेको र शिविरमा सहकार्य गर्ने अवसर पाएको बताए । कुश्मा–१२ का वडाध्यक्ष झलक रिमालले वडा फरकफरक भए पनि बिकास निर्माण र सामाजिक काममा एकैसाथ अघि बढिएको बताए । कुश्मा नगरपालिका स्वास्थ्य शाखाप्रमुख यामप्रसाद शर्मा, खौलालाँकुरी स्वास्थ्य चौकीका इन्चार्ज श्यामकुमार यादवले शिविर ल्याएर समाजले राम्रो काम गरेको बताए ।

खौलालाँकुरी पोखरा सम्पर्क समाजका अध्यक्ष एवं शिविरका संयोजक पिताम्बर पौडेलले शिविर सम्पन्न गर्न योगदान पुराउने सबैप्रति धन्यवाद दिदै यस्ता रचनात्मक कामलाई समाजले निरन्तरता दिने बताए । समाजका बरिष्ठ उपाध्यक्ष लालप्रसाद शर्माले संस्था गठन भएपछि संचालित गतिविधिबारे जानकारी गराउँदै पेशा वा व्यवसायका कारण पोखरा बसे पनि मन भने जन्मठाउँमै रहेको बताएका थिए । समाजका संस्थापक अध्यक्ष टंकबहादुर कार्की क्षेत्रीले संस्था स्थापनाबारे जानकारी गराएका थिए । समाजका सचिव प्रेम सुवेदीले कार्यक्रमको संचालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!