प्रमुख समाचार

कुश्मामा रक्तदान कार्यक्रम सम्पन्न, २५ पिन्ट रगत संकलन

By लोकतन्त्र अनलाईन

February 23, 2024

पर्वत- नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा पर्वतको आयोजनामा बिहीवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेश को चौथो स्थापना दिवसको अबसरमा आयोजना गरिएको रक्तदानमा २५ पिन्ट रगत संकलन भएको छ । कार्यक्रम प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यद्धारा संस्थाका अध्यक्ष राजेश पौडेल लाई ब्लड ब्याग हस्तान्तरण गरि शुभारम्भ भएको थियो । सो अवसरमा अचार्यले नेपाल औषधि व्यवसायी संघ ले जिल्ला मा बिभिन्न समयमा सामाजिक क्रियाकलापमा मा पनि सक्रिय रहेको भन्दै संघ को प्रशंसा गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक केशब के सि, ट्राफिक प्रहरी कार्यालयका ट्राफिक इन्चार्ज सिताराम ओझा, र कुश्मा नगरपालिकाको बडा न ६ का निबर्तमान वडा अध्यक्ष रूद्र गिरि लगायतको सहभागिता रहेको थियो । नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा पर्वतका सस्थापक अध्यक्ष्य फर्माशिस्ट राजेश पौडेल को सभापतित्व मा भएको कार्यक्रममा साविक धौलागिरी अञ्चल शाखाका बरिष्ठ उपाध्यक्ष तथा सेवा निवृत्त जनस्वास्थ्य अधिकृत शशी पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वत का सभापति रूद्र प्रसाद रिमालद्वारा बिभिन्न समयमा मा नेपाल औषधि व्यवसायी संघ ले जिल्ला मा गरेका सामाजिक क्रियाकलाप को प्रशंसा गर्दै रगतको अभाव भएका वेलामा रक्त दान जस्तो पुण्य कार्य गरि नेपाल औषधि व्यवसायी संघले सामाजिक दायित्व वहन गर्दै सामाजिक काममा एउटा इट्टा थप्ने काम भएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको समन्वय र नेपाल रेडक्रस सोसाइटी पर्वत शाखा को प्राविधिक सहयोगमा भएको कार्यक्रम मा निमिसा यातायात प्रा लि का अध्यक्ष नरेस क्षेत्री, नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा पर्वत का सल्लाहकार गणेश मान श्रेष्ठ, जिल्ला शाखा पर्वत का उपाध्यक्ष पाण्डब श्रेष्ठ, कोषाध्यक्ष राधा कुमारी शर्मा, उप कोषाध्यक्ष शिव प्रसाद ज्ञवाली , सचिव दिपेन्द्र तिमिल्सिना, कार्य समिति सदस्य हरि प्रसाद सुबेदी , सदस्य हेमन्त गुरुङ, बिष्णु सुबेदी,र सन्जय घिमिरे लगायतक औषधि व्यवसायी हरु को उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सस्थाका महासचिब कृष्ण खनाल ले गर्नुभएको थियो ।