महेश भुसाल पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थर डाँडाखर्कमा रहेको आर्थरडाडाखर्क युवा क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि पकुवा युवा क्लवले हात पारेको छ । क्लबले नेपालीहरुको महान पर्व बडादशै अन्तर्गत पुर्णिमाको अवसरमा तीन दिने मेलाको आयोजना गरेको थियो । जस अन्तर्गत भलिबल प्रतियोगितामा सहभागि १७ टिम मध्ये फाईनलमा पुगेको अर्को समुह आयोजक आर्थर डाँडाखर्क युवा क्लव ए लाई पछि पार्दै पकुवाले उपाधि जितेको हो भने आयोजक उपविजेतामा चित्त बुझाएको थियो । त्यसैगरी प्रगतिशिल युवा क्लव खाल्टा र पाख्रीबोट युवा क्लव स्याङ्जाले सान्त्वना स्थान हासिल गरेका छन् । कार्यक्रमको समापनको अवसरमा बिजयी समुहलाई नगद, शिल्ड र मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । समापन कार्यक्रम कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं. १४ का वडाध्यक्ष रुद्र रिमाल, पञ्चकोशी समाज आर्थर डाँडाखर्कका अध्यक्ष कमल गुरुङ, विश्वराज स्मृति संस्थाका संरक्षक इच्छाबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो । यसअघि कात्तिक १ गतेदेखि शुरु कार्यक्रमको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभएको थियो ।
क्लवका अध्यक्ष सुदिप शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कोषाध्यक्ष सन्तोष रुचालन र संचालन हिमलाल शर्मा तथा लक्ष्मण शर्माले गर्नुभएको थियो ।