पर्वत- पर्वतमा रहेका विभिन्न बैंकहरुमा आवद्ध कर्मचारीहरुको संगठन बैकर्स क्लब पर्वतको अधिवेशन हालै सम्पन्न भएको छ । अधिवेशनले माछापुच्छ्रे बैक लि. पर्वत शाखाका शाखा प्रबन्धक सन्तोष कुमार के.सीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । क्लवको उपाध्यक्षमा प्रकाश पोख्रेल, सचिवमा अर्जुन पौडेल, सह-सचिवमा रामबहादुर सिंजाली र कोषाध्यक्षमा शुशिल थापा रहनुभएको छ । त्यसैगरी सदस्यमा प्रमोद ओझा र अजित बरुवाल रहनुभएको छ । बैंकर्स क्लवले बैंकिङ्ग क्षेत्रमा आईपर्ने समस्या र बैंकमा कार्यरत कर्मचारीहरुको हकहितका निम्ति काम गर्दै आएको छ ।