प्रमुख समाचार

गएरातीदेखि अबरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु

By लोकतन्त्र अनलाईन

June 21, 2024

पर्वत, ७ असार-  अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो झर्दा गएरातीदेखि अवरुद्ध भएको पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु भएको छ ।

पर्वतको कुश्मा नगरपालिका वडा नं. १ सहस्रधारा, कुश्मा नगरपालिका वडा नं. ७ तमादीखोला, वडा नं. ८ सुन्दरेखोला र मोदी गाउँपालिका वडा नं. ६ को महभिरमा पहिरो र ढुंगा खस्दा लोकमार्ग अवरुद्ध भएको थियो ।

विहानैदेखि जेसिवी र प्रहरीको सक्रियतामा पहिरो पन्छाएर सडक सुचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सिताराम ओझाले जानकारी दिनुभयो । भिरवाट लेदो सहितको ढुंगा खस्दा अबरुद्ध भएको सडक केहिबेर अघिदेखि नियमित सुचारु भएको ओझाले बताउनुभयो ।

सडक सुचारु भएसँगै गएराती ११ बजेदेखि पर्वतको मालढुंगामा रोकिएका लामो तथा छोटो दुरीका सवारीसाधन गन्तव्यतर्फ लागेको पनि ओझाले बताउनुभयो । निर्माणाधिन मालढुंगा बेनी सडक पनि सुचारु रहेको उहाँले बताउनुभयो ।