प्रमुख समाचार

प्रजातन्त्र दिवसको अवसरमा शहिद गोबिन्दनाथ शर्माको शालिकमा माल्यार्पण

By लोकतन्त्र अनलाईन

February 19, 2024

पर्वत – ७४औं प्रजातन्त्र दिवसको अवसरमा पर्वत जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । प्रजातन्त्र दिवस मुल समारोह समितिको आयोजनामा तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाईदै छ । जस अनुसार सोमवार मुख्य कार्यक्रमको रुपमा जनआन्दोलनका शहिद गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण गरिएको छ । मुल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख विष्णुराम विक, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले शहिद शर्माको शालिकमा माल्यार्पण गर्नुभएको हो भने कार्यक्रममा सहभागि जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी लगायतले पनि माल्यार्पण गर्नुभएको थियो । सो अवसरमा सहभागिहरुले शहिदहरुको बलिदानलाई सधैभरी स्मरण गर्नुपर्नेमा जोड दिएका छन् । शहिदले देखाएका बाटोमा मुलुक अघि बढ्नुपर्ने बताउँदै दिगो शान्ति र आर्थिक समृद्धितर्फ मुलुकलाई लैजानुपर्ने उनिहरुको भनाई छ । यो लगत्तकै कुश्मा नगरपालिकाको आयोजनामा कार्यालय परिसरमै स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको थियो ।