प्रमुख समाचार

पर्वतको प्रमुख जिल्ला अधिकारीमा केदारनाथ शर्मा आउँदै

By लोकतन्त्र अनलाईन

May 18, 2024

पर्वत- पर्वतको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालय अन्तर्गत कार्यरत केदारनाथ शर्माको पदस्थापन भएको छ । विगत १४ महिनादेखि कार्यरत प्रेमप्रसाद आचार्यको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएपछि शर्मालाई पर्वतमा सरुवा गरिएको हो । शुक्रबार उपप्रधानमन्त्री एवं गृह मन्त्रिस्तरको निणर्य अनुसार पदस्थापन र सरुवा गरिएको हो । यस्तै बागलुङको प्रजिअमा नेत्रप्रसाद सुवेदीलाई पदस्थापन गरिएको छ । यस अघि कार्यरत आचार्यलाई शुक्रवार पर्वतका विभिन्न संघ संस्थाले कार्यक्रम गरी बिदाई गरेका थिए ।