पर्वत- महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा दोस्रो तीज मेला २०८१ आयोजना गरिएको छ । आगामी भाद्र २१ गते हरितालिका तीजको अवसरमा मेला आयोजना गरिएको हो । पुर्णेश्वर भुतपुर्व विद्यार्थी समाजद्धारा आयोजित एक दिने तीज मेलामा विभिन्न कार्यक्रमहरु संचालन गरिने भएको छ । मेलामा खुल्ला तीज गीत प्रतियोगिता, खुल्ला छेलो प्रतियोगिता र खुल्ला भलिवल प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । त्यसैगरी मेलाका आकर्षणहरुमा कृषि प्रदर्शनी, लाखे नाच, नागा नाच प्रदर्शन, विद्यार्थी म्युजिकल चियर, दाता सम्मान, पद्म गीता अक्षयकोष पुरस्कार वितरण, राष्ट्रिय तथा स्थानीय कलाकाहरुको प्रस्तुति समेत राखिएको छ । हराउँदै गएको हरितालिका तीजको खुला तीज गीत प्रतियोगिता प्रथम हुने समुहलाई ११ हजार एक सय ११ नगद र प्रमाण पत्र, द्वितीय हुनेलाई ७ हजार ७ सय ७७, तृतीयलाई ५ हजार ५ सय ५५ नगद र प्रमाण पत्र प्रदान गरिने भएको छ । तीज गीतमा भाग लिने समुहमा कम्तीमा ५ जना सहभागी हुनुपर्ने,गीत धर्मसंस्कृति र मौलिकतामा आधारित हुनुपर्ने र जातजाति, धर्म, सम्प्रदाय लगायत कसैप्रति घोचपेच, लान्छना लगाउन नपाईने, गीत बढीमा १० मिनेटको हुनुपर्ने, नियमहरु उल्लेख गरिउको छ । समुह दर्ताका लागि ७ सय तोकिएको छ । त्यसैगरी छेलो प्रतियोगितामा पनि आकर्षक पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको छ । भने खुल्ला भलिवल प्रतियोगिता मा पनि नगद प्रमाणपत्रको व्यवस्था गरिएको छ । भलिवल प्रतियोगितामा भाग लिने समुहलाई टिम दर्ता शुल्क एक हजार रुपैया रहेको छ । भलिबल प्रतियोगिताका संयोजकमा प्रकाश थकाली रहनुभएको छ । मेलामा हुने कृषि प्रदर्शनीतर्फ पशु, पंक्षी, फलफुल, तरकारीको प्रदर्शन गरिनुका साथै उत्कृष्टलाई उचित पुरस्कार र प्रमाणपत्रको व्यवस्था समेत गरिएको कृषि प्रदर्शनी संयोजक लेखनाथ सुवेदीले बताउनुभयो । मेलालाई भब्य र सभ्य ढंगवाट सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ । मेलाको संरक्षकमा वडाध्यक्ष रामचन्दं सुवेदी रहनुभएको छ भने मेला संयोजक भुतपुर्व विद्यार्थी समाजका अध्यक्ष राजु पौडेल, शर्मिला सुवेदी तिवारीको संयोजकत्वमा आर्थिक उपसमिति, सन्तोष पौडेलको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, विनय शर्मा चापागाईको संयोजकत्वमा अतिथि सत्कार समिति, विर बहादुर नेपालीको संयोजकत्वमा स्वयंसेवक परिचालन तथा व्यवस्थापन समिति, दामोदर पौडेलको संयोजकत्वमा पुरस्कार तथा प्रंंमाणपत्र व्यवस्थापन उपसमिति, र लोकप्रसाद अधिकारीको संयोजकत्वमा मन्च तथा बसाई व्यवस्थापन उपसमिति गठन गरिएको छ । यसैगरी प्रकाश थकालीको संयोजकत्वमा भलिवल प्रतियोगिता व्यवस्थापन उपसमिति, दुर्गादत्त पौडेलको संयोजकत्वमा खाद्य व्यवस्थापन उपसमिति, शर्मिला सुवेदी तिवारीको संयोजकत्वमा तीज गीत प्रतियोगिता उपसमिति, अर्जुन रेग्मीको संयोजकत्वमा छेलो प्रंतियोगिता उपसमिति, लेखनाथ सुवेदीको संयोजकत्वमा कृषि प्रंदर्शनी उपसमिति, रामजी पौडेलको संयोजकत्वमा विद्यार्थी मेच घुमाई प्रतियोगिता उपसमिति, रामबहादुर खड्काको संयोजकत्वमा स्वास्थ्य उपसमिति, र रामचन्द्र सुवेदी, नरबहादुर केसी, कृष्ण सुवेदी, नारायण लामिछानेलाई अनुगमन, मूल्यांकन उपसमितिमा राखिएको छ । पुणर्ेश्वर भुतपुर्व विद्यार्थी समाजले गत वर्षदेखि तीज मेलाको आयोजना गर्न थालेको हो । यस बाहेक समाजले शैक्षिक, सामाजिक, खेलकुद र स्वास्थ्य क्षेत्रमा पनि विभिन्न रचनात्मक काम गर्दै आएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।