प्रमुख समाचार

अपाङ्गता भएका व्यक्तिहरुका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न

By लोकतन्त्र अनलाईन

June 14, 2024

गणेश सुवेदी पर्वत – स्वाबलम्वन जिवन पद्दती केन्द्र पोखराको आयोजना तथा राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकी प्रदेश पोखरा र शारीरिक अपाङ्ग संघ बाग्लुङको समन्वय तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश पोखराको आर्थिक सहयोगमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम रेड एप्पल होटल बाग्लुङमा सम्पन्न भएको छ । सो तालिममा जिल्ला प्रशासन कार्यालय बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराललले अपाङ्गता भएका व्यक्तिहरुका सवाल र दिगो विकासको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सो तालिममा स्वाबलम्वन जिवन पद्दती केन्द्र पोखराका अध्यक्ष हेम गुरुङ, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेस उपाध्यक्ष अन्जना केसी, मनोविमर्ष कर्ता आषा घर्तिमगर, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य सुरेन्द्र खत्री, राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकी प्रदेश अध्यक्ष जगन्नाथ सुवेदी लगाएतले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रमका प्रमुख अतिथी बाग्लुङ नगरपालिका का नगरप्रमुख बसन्त कुमार श्रेष्ठले अपाङ्गता मैत्री भौतिक संरचना निर्माणको लागि नगरपालिकाको तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो सो कार्यक्रममा काठेखोला गाउपालिकाका उपाध्यक्ष तेज वहादुर थापाले गाउपालिकाले अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वरोजगारमुलक तालिम दिईरहेको बताउनु भयो ।

सो तालिममा गण्डकी प्रदेशका अपाङ्गता भएका व्यक्तिहरुका संघ संस्थाका अपाङ्गत भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।